ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अभिव्यक्ति स्वतन्त्रतामा नेपाल दक्षिण एशियामै अग्रणी मुलुक हुनेछ– सञ्चारमन्त्री कार्की


एबीसी / संवाददाता
२७ फाल्गुन २०७८, शुक्रबार   ३ : ११   बजे

काठमाडौँ, २७ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ ।

यही फागुन २६ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले अभिव्यक्ति स्वतन्त्रतामा नेपाल दक्षिण एशियामै अग्रणी मुलुककारुपमा स्थापित गर्न सरकार लागिपरेको छ भन्नुभयो ।

सञ्चारकर्मीको प्रश्नको जवाफमा उहाँले युट्वसम्बन्धी नयाँ व्यवस्था गरेर यसलाई अझ व्यवस्थित र मर्यादित तुल्याउन खोजिएको तर अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न नभएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “हामी सभ्य र सुन्दर समाज निर्माण गर्न चाहन्छौँ ।” वर्तमान सरकारले अभिव्यक्ति स्वतन्त्रतामा सङ्कुचन हुनेगरी कुनै कानून ल्याउँदैन र विगतमा ल्याइएका कानूनहरु पनि आवश्यकताअनुसार परिमार्जन गरिनेछ ।”

नेपाललाई संसारभर चिनाउन र सरकार जनताको हितमा काम गर्दैछ भन्ने सन्देश फैलाउन र आवश्यक सहयोग जुटाउन पनि विभिन्न देशमा सरकारीस्तरमा भ्रमण हुन लागेको जानकारी दिनुभयो । संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा २०२२ मार्च ७ देखि १८ सम्म सञ्चालन हुने राष्ट्रिय क्षेत्राधिकार बाहिरको सामुन्द्री, जैविक विविधाको संरक्षण र दिगो उपयोगसम्बन्धी राष्ट्रसङ्घीय सामुन्द्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गत अन्तरसरकारी सम्मेलनको चौथो सत्रमा नेपालका तर्फबाट सहभागिताका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटा नेतृत्वको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ ।

त्यस्तै बङ्गलादेशको ढाकामा ८ देखि ११ मार्च २०२२ मा आयोजना भएको खाद्य तथा कृषि सङ्गठनको एशिया तथा प्रशान्त क्षेत्रमा हुने ३६औँ क्षेत्रीय सम्मेलनमा सहभागी हुन कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिएको छ ।

यसैगरी साउदी अरबका परराष्ट्रमन्त्रीबाट यही फागुन ३० गतेदेखि चैत १ गतेसम्म गर्नुहुने नेपाल भ्रमणका अवसरमा द्विपक्षीय वार्ताका लागि परराष्ट्रमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गरेको सरकारका प्रवक्ता मन्त्री कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपाल र साउदी अरब सरकारबीच हुने सहयोग सम्झौताको मस्यौदा स्वीकृत गरी नेपालकोतर्फबाट हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई अख्तियारी दिइएको छ । बैठकले आगामी चैत १४ गते संयुक्तराज्य अमेरिकाको न्यूयोर्कमा हुने अल्पविकसित राष्ट्रबीचको संलग्नताको परामर्शसम्बन्धी रणनीति तयारी बैठकमा सहभागी हुन सचिव डा प्रेमनारायण कँडेललाई स्वीकृति दिएको छ ।

साथै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको प्रतिनिधि मण्डलललाई संयुक्त अरब इमिरेट्स, सेशेल्स र कतारको भ्रमण गर्न स्वीकृति दिने निर्णय पनि बिहीबारको मन्त्रिपरिषद्को बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री

शुल्क र गुणस्तर विवादबीच विदेशी कलेजमाथि कडाइको तयारी

ईश्वर पोखरेललाई एमालेले बनायो काठमाडौँ– ५ को उम्मेदवार

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group