ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित पत्रकारिताकै बलमा भयो : प्रदेश प्रमुख शर्मा


एबीसी / संवाददाता
१९ चैत्र २०७८, शनिबार   २ : ११   बजे

काठमाडौँ, १९ चैत । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले विभिन्न कालखण्डमा शासकहरुबाट पत्रकारिता क्षेत्रलाई दबाउन भएका प्रयासहरु विफल पार्दै निडरतापूर्वक अघि बढेको बताएका छन् । उनले शनिवार हेटौंडामा आयोजित तु खबर डटकमको पाँचौँ वार्षिक उत्सव एवम् पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै पत्रकारिता क्षेत्रकै बलमा मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएको बताएका हुन् ।

प्रदेश प्रमुख शर्माले आगामी दिनमा पत्रकारिता क्षेत्रमा प्राप्त भएका उपलब्धीलाई संस्थागत गर्दै पत्रकारहरुले पनि त्यसको रक्षाका निम्ति उत्तीकै जिम्मेवार रहनुपर्नेमा बताए । उनले सञ्चारमाध्ययमहरुले नागरिकहरुको सुसूचित हुने अधिकारको प्रर्वद्धन गरिरहेको बताउँदै आगामी दिनमा थप सशक्त र जनताप्रति जवाफदेहीपूर्ण ढंगबाट सञ्चार क्षेत्र अघि बढ्नुपर्ने सुझाव दिए ।

उनले सत्यको सम्प्रेषण गर्न सकेको अवस्थामामात्रै पत्रकारिता क्षेत्रले सफलता प्राप्त गरेको मानिने बताए । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको अतिरिक्त देश र जनतालाई अदम्य साहस भएको स्वाभिमानयुक्त पत्रकारिता आवश्यक भएको बताए । पत्रकारिता क्षेत्रले समाजमा विद्यमान, कुरीति, कुसंस्कृति, अन्धविश्वास र राजनीतिक क्षेत्रमा रहेका ययास्थितिवादीहरुको विपक्षमा उभिएर जनताको हक र हितको पक्षमा इमान्दार भएर काम गर्नुपर्ने बताए । उनले मिडिया क्षेत्रको उत्तरोत्तर प्रगतिको कामनासमेत गरे ।

उनले मोफसलबाट सञ्चालित सञ्चारमाध्ययमले पत्रकारहरुलाई पुरस्कृत गर्नु अनुकरणीय कार्य भएको बताए । पत्रकारिता क्षेत्रमा कृयाशील रहेको तु खबर डटकमले आफ्नो वार्षिक उत्सवमा पुस्तक प्रकाशन गरेर त्यसमार्फत् विभिन्न दृष्टिकोण, सूचना, विचार, मनोरञ्जन तथा अभिप्रेरणा प्रवाहित गरेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बैंकिङ कसुर अभियोगमा शंकर अग्रवाल पुर्पक्षका लागि थुनामा

नेपालमा अब भारू २०० र ५०० का नोट चल्ने

सम्बन्धित

संस्थापनइतर समूहले कार्यक्रमका नाममा निन्दा प्रतियोगिता चलाए : गगन थापा

वेदिका केसीलाई एक दिन हिरासतमा राख्न अनुमति

सिरहामा प्रहरीको गोली चल्यो, २२५ ग्राम खैरो हिरोइनसहित ६ जना पक्राउ

प्रधानमन्त्रीको कूटनीतिक नीति परिवर्तन? परराष्ट्र मन्त्रालयलाई ‘बाइपास’ गरेको दाबी

गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार भइरहेको छ :प्रचण्ड

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu