ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१३ जिल्लामा फैलियो बर्डफ्लू, उच्च सतर्कता अपनाउन आग्रह


एबीसी / संवाददाता
२२ चैत्र २०७८, मंगलबार   १२ : ५३   बजे

काठमाडौं, २२ चैत । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बर्डफ्लू संक्रमण बढेको भन्दै उच्च सतर्कता अपनाउन कृषकहरुसँग आग्रह गरेको छ । झण्डै दुई महिनाको अवधिमा चार वटा प्रदेशका १३ जिल्लामा बर्डफ्लूको संक्रमण देखिएको विभागले जनाएको छ ।
गत ११ माघमा सुनसरीमा पहिलो पटक देखिएको संक्रमण अहिले चार वटा प्रदेशका १३ जिल्लामा फैलिएको पशु सेवा विभागका महानिर्देशक डा.रामनन्दन तिवारीले बताउनुबयो । प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका जिल्लाहरुमा संक्रमण देखिएको तिवारीको भनाइ छ ।
‘संक्रमण फैलिने अवस्थामा देखिएको छ, संक्रमण देखिएको ठाउँमा परीक्षण, निसंक्रमण र कुखुरा नष्ट गर्ने कार्यलाई तीब्रता दिएका छौं,’ महानिर्देशक तिवारीले भने, ‘बर्डफ्लू नियन्त्रण बाहिर छैन, तर फैलिन नदिन उच्च सावधानी अपनाउनु पर्ने निश्कर्षमा हामी पुगेका छौं ।’
पछिल्लो विवरणअनुसार प्रदेश १ का मोरङ, उदयपुर र सुनसरी, मधेश प्रदेशका बारा, पर्सा र धनुषा, बागमती प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर र सिन्धुपाल्चोक एवं गण्डकी प्रदेशको कास्कीमा संक्रमण पुष्टि भएको विभागले जनाएको छ ।
संक्रमण भेटिएको ठाउँबाट अन्यत्र पशुपन्छीको ओसारपोसार नगर्न र पन्छी पालन गर्नेहरुले उच्च सतर्कता अपनाउने सम्बन्धमा विभागले व्यवसायीलाई निर्देशन दिएको पनि विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group