ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसद्को अङ्कगणित फेरबदल नहुँदासम्म गठबन्धन रहन्छ : गृहमन्त्री खाँड


एबीसी / संवाददाता
२५ चैत्र २०७८, शुक्रबार   ४ : ०३   बजे

काठमाण्डौं, २५ चैत । गृहमन्त्री बालकृष्ण खाँडले वर्तमान सत्ता गठबन्धनले आगामी सङ्घीय र प्रदेशसभा निर्वाचनसम्म निरन्तरता पाउने बताउनुभएको छ । नेपाली कांग्रेस म्याग्दीले आज बेनीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले गठबन्धनमा आबद्ध दललाई समेटेर साथसाथै लैजानुपर्ने धारणा राख्नुभयो ।
“राजनीतिक विचार फरक भए पनि निश्चित उद्देश्यका लागि इतिहासदेखि नै सहकार्य र सम्झौता गरेको विषय कांग्रेसले बिर्सनु हँुदैन्”, मन्त्री खाँडले भन्नुभयो, “नेपालमा दिगो शान्ति, संविधान, लोकतान्त्रिक मूल्य पद्धतिको रक्षा गर्दै कांग्रेसलाई महत्वपूर्ण भूमिकामा फर्काउन गठबन्धन गरिएको हो ।” गठबन्धनप्रति पूर्ण विश्वास गर्न कार्यकर्तालाई आग्रह गर्दै उहाँले ‘खोलो तरेर लौरो बिर्सन नहुने’ स्मरण गराउनुभयो ।

“गठबन्धनका लागि हामीले अन्य दललाई वचन दिएका छौँ”, मन्त्री खाँडले भन्नुभयो, “नदीमा बाढी आउँदा लौरेले खोला तर्ने अनी पारी तरेपछि लौरो बिर्सन हुँदैन । नयाँ चुनाव भएर संसद्को अङ्कगणित फेरबदल नहुँदासम्म गठबन्धन कायम रहन्छ ।” संसद्मा साथै भएका दलसँगको सहकार्यलाई निरन्तरता र हातेमालो गरेर संविधान, मानवअधिकार, प्रेस स्वतन्त्रता र लोकतन्त्रको रक्षा गर्ने मुख्य कार्यभारतर्फ केन्द्रित हुन उहाँले कार्यकर्तालाई निर्देशन दिनुभयो ।
नेपाल छन्त्याल सङ्घको सातौँ महाधिवेशनमा भाग लिन बेनी आउने क्रममा मन्त्री खाँड हेलिकप्टरमार्फत धवलागिरि गाउँपालिका–१ गुर्जामा पुग्नुभएको थियो । छन्त्याल र दलित समुदायको बसोबास रहेको विकट गुर्जा जस्ता बस्तीका बासिन्दा र त्यहाँ कार्यरत कर्मचारीलाई थप सुविधा दिनेगरी योजना र नीति बनाउनुपर्ने मन्त्री खाँडको भनाइ थियो ।
यसैगरी आमाका नामबाट वंशजका आधारमा नागरिकता पाउने संवैधानिक व्यवस्था कार्यान्वयनका लागि नागरिकता ऐन बनाउन छलफलमा जुटेको पनि मन्त्री खाँडले बताउनुभयो । आमाका नामबाट नागरिकता नपाउँदा समस्यामा परेका बेनी नगरपालिका–७ का यास्मीन बेगम, समिर खान र सेनाज बेगमले उहाँलाई ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराउनुभएको थियो ।
मन्त्री खाँडलाई नेपाली कांग्रेस म्याग्दीका सभापति खम्बिर गर्बुजा, पूर्वसभापति तथा संविधानसभा सदस्य रेशमबहादुर बानियाँले जिल्लाको वस्तु अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group