ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘पत्रकारले सत्यका पक्षमा निर्भिकताका साथ उभिनुपर्छ’


एबीसी / संवाददाता
१० बैशाख २०७९, शनिबार   १२ : २३   बजे

काठमाडौं १० बैशाख । समाजवादी प्रेस सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठले स्थानीय तहको निर्वाचनमा सबै पत्रकार सत्यका पक्षमा निर्भिकताकासाथ उपस्थित हुनुपर्ने बताउनुभएको छ । समाजवादी प्रेस सङ्गठन नेपाल मेट्रो एफ एम प्रतिष्ठान शाखा भेलाको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “पत्रकारिता जहिले पनि अग्रगमनको पक्षमा हुने भएकाले कुनै पनि पत्रकारले प्रतिगमन ठीक हो भन्न सक्तैन ।’’
नेकपा ९एकीकृत समाजवादी० का प्रचार विभाग उपप्रमुखसमेत रहनुभएका अध्यक्ष श्रेष्ठले लोकतन्त्रको जग भनेको स्वतन्त्र र निष्पक्ष आवधिक निर्वाचन हो भन्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाधलीरहित बनाउनका लागि सञ्चार माध्यमले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । पार्टीका केन्द्रीय सदस्य एवं पेशागत कमिटीका अध्यक्ष भोलानाथ पोखरेलले समाजवादी प्रेस सङ्गठनले राम्रा र क्षमतावान पत्रकारलाई सङ्गठित गरेकाले सञ्चार क्षेत्रको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले आमसञ्चार क्षेत्र तथा पत्रकारले सामाजिक न्याय र समानताका पक्षमा जनमत सिर्जना गनुपर्ने उल्लेख गर्नुभयो ।

सङ्गठनका उपाध्यक्ष एवं उपत्यका प्रदेश इन्चार्ज शन्तराम बिडारीले मुलुकलाई अग्रगमणको बाटोमा डो¥याउनका लागि समाजवादी प्रेस सङ्गठन स्थापना भएको बताउनुभयो । अर्का उपाध्यक्ष विश्वमणि सुवेदी, नेपाल पत्रकार महासङ्घका सचिव गोविन्द चौलागाईं, सङ्गठनका उपमहासचिव उर्मिला कुँवर, काठमाडौँ महानगरपालिकाका सूचना प्रविधि विभाग प्रमुख नवराज ढकाल, लेखक शम्भु बराललगायतले पत्रकारिता क्षेत्रलाई थप व्यवसायिक र मर्यादिन बनाउनुपर्ने खाँचो औँल्याउनुभयो ।
भेलाले किशोरकुमार सेढाइको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा गौरव पोखरेल, सचिव प्रकाश उप्रेती, कोषाध्यक्ष उदेन सायमी, सदस्यमा पूर्ण महर्जन, जीतबहादुर मगर र बाबुकृष्ण मानन्धर रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group