ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेप्से परिसूचकमा उच्च अङ्कको बृद्धि


एबीसी / संवाददाता
११ बैशाख २०७९, आइतबार   ५ : २७   बजे

काठमाडौं ११ वैशाख। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उच्च अङ्कले उकालो लागेको छ । लगातार ओरालो लागेर न्यून बिन्दुमा ओर्लेको बजारमा उच्च अङ्कको बृद्धि भएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ९५।५२ अङ्कले उकालो लागेर दुई हजार ४२०।९६ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १७।७४ अङ्कले उकालो लागेर ४६०।८८ मा पुगेको छ । नेप्से उच्च अङ्कले उकालो लागे पनि कारोबार रकम भने खासै बृद्धि हुन सकेको छैन । कूल २३० कम्पनीको ६६ लाख ३९ हजार ५०४ कित्ता शेयर रु दुई अर्ब ५३ करोड १२ लाख ७५ हजार ५९३ मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्य उकालो लागेको छ । बैंकिङ ४२।१२, व्यापार २२।७९, होटल तथा पर्यटन ८४।९३, विकास बैंक २६२।३७, जलविद्युत् १८९।१७, वित्त १४३।६७, निर्जीवन बीमा ४३४।३७, उत्पादन १५६।४६, अन्य ८८।७६, लघुवित्त १७९।४२, जीवन बीमा ४२३।३७, सामूहिक लगानी कोष ०।३१ र लगानी ४।३३ अङ्कले उकालो लागेको छ ।
आइतबारको कारोबारपछि बजार पूँजीकरण रु ३४ खर्ब ४३ अर्ब ८१ करोड १७ लाख ९६ हजार ५६६ बराबर पुगेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा सानिमा बैंकको संस्थापक शेयरको कारोबार शीर्ष स्थानमा छ । सो बैंकको रु २२ करोड बराबरको कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्ट रु ११ करोड ७६ लाख २२ हजार ७३३, अरुण भ्याली हाइड्रोपावर रु नौ करोड १२ लाख २० हजार १५७, हिमालयन डिस्टिलरी रु आठ करोड ४१ लाख १७ हजार ९३८ र नेपाल लाइफ इन्स्योरेन्स रु सात करोड ३४ लाख २९ हजार बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

शेयरमा सर्किट

लामो समयपछि एक दर्जन कम्पनीको शेयर मूल्यमा १० प्रतिशत बराबरको मूल्य बढेपछि सकारात्मक सर्किट लागेको छ । नेप्सेमा अनुसार नेशनल हाइड्रोपावर, वेस्ट फाइनान्स, श्री इन्भेस्टमेन्ट कम्पनी, जानकी फाइनान्स, अरुण भ्याली हाइड्रोपावर, मञ्जुश्री फाइनान्स, खानीखोला हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, युनिभर्सल पावर कम्पनी, हिमाल दोलखा हाइड्रोपावर, जाल्पा सामुदायिक लघुवित्त, ग्रीन भेञ्चर्सको शेयर मूल्यमा १० प्रतिशतको बृद्धि भई सकारात्मक सर्किट लाग्यो ।
त्यस्तै, नेपाल इन्भेस्टमेन्ट बैंकको ऋणपत्र ९।८९, नेष्डो समृद्धि लघुवित्त २।८५, लक्ष्मी बैंकको ऋणपत्र २ र सिद्धार्थ इक्विटी फण्डका लगानीकर्ताले ०।५७ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group