ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आन्दोलनमा वीर अस्पतालका नर्सहरु, मर्कामा विरामी


admin
३० पुस २०७४, आइतबार   ५ : ०१   बजे

काठमाडौं, ३० पुस । वीर अस्पतालका नर्सहरु ११ बुंदे मागसहित हातमा कालोपट्टी बाधेर आन्दोलनमा उत्रिएका छन् । बिहान १० बजे अस्पताल परिसरमा नर्सहरु १ घण्टाका लागि काम छाडेर आन्दोलनमा उत्रिएका हुन् । सरकारले आफुहरुको मागलाई वेवास्ता गरेकोले सेवा बन्द गरेर आन्दोलनमा उत्रन बाध्य भएको नर्सहरुको भनाई छ ।

नेपाल नर्सिङ संघकोको अगुवाइमा नर्सहरुले बुधबारदेखि नै हातमा कालोपट्टी बाँधेर मौन विरोध सुरु गरेका थिए । तर सरकारले मागलाई वेवास्ता गरेपछि शुक्रबार देखि १ घण्टाका लागि सेवा बन्द गरीएको छ ।

उनीहरुले मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्काशन गरिएका नर्सिङ कर्मचारीलाई बिनासर्त अविलम्ब पूनर्बहाली गर्नुपर्ने लगाएतका ११ बुदे माग राखेका छन् ।

यस्ता छन् आन्दोलनरत नर्सहरुको लिखित माग ११ बुँदे मागहरु:

 

  •  मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्कासन गरिएका नर्सिङ कर्मचारीहरुलाई बिनासर्त अविलम्ब पुनर्बहाली गरियोस् ।
  •  अधिकारसहितको नर्सिङ सेवा महाशाखा पुनस्र्थापना गरियोस् ।
  • जनतालाई गुणस्तरीय नर्सिङ सेवा दिनका लागि नेपाल सरकारले बनाएको ’नर्स बिरामीको अनुपात’ सबै अस्पतालमा यथाशीघ्र लागू गरियोस् ।
  • नेपाल सरकारका नर्सहरुलाई उपलब्ध गराइरहेको न्यूनतम तलबभत्ता सरह विभिन्न निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सलाई पनि तहगत हिसाबबाट उपलब्ध गराइयोस् ।
  • भोलेन्टियरका नाममा भएको नर्सको श्रमशोषण बन्द गरियोस्।
  • सार्वजनिक, निजी र साझेदारी क्षेत्रको सहकार्यलाई प्रवर्धन गरी स्कुल तथा उद्योगहरुमा गुणस्तरीय नर्सिङ सेवा पुर्यामउने व्यवस्था गरियोस् ।
  • सरकारी तथा निजी क्षेत्रमा कार्यरत नर्सहरुलाई लुगा भत्ता, रात्रिकालीन भत्ता, बिदा सुविधा र जोखिम भत्ता गरी सोही अनुरुप निजी स्वास्थ्य संस्थामा पनि सोही अनुपातमा लागू गरियोस् ।
  • दुर्गममा काम गर्ने नर्सहरुलाई उचित पारिश्रमिक र सुरक्षाको प्रत्याभूति गरियोस् ।
  • योग्यता पुगेका नर्सिङ कर्मचारीलाई वृत्ति विकासका लागि प्रस्ट खाका तयार गरियोस् ।
  • योग्यता पुगेका अनमीलाई स्टाफ नर्स, स्टाफ नर्सलाई ब्याचलर नर्सिङ, ब्याचलर नर्सिङलाई मास्टर नर्सिङ र मास्टर नर्सिङलाई पिएचडीसम्म तलबी अध्ययन बिदाको व्यवस्था गरियोस् ।
  • श्रम ऐन, २०७४ सबै स्वास्थ्य क्षेत्रमा यथाशिघ्र लागू गरियोस् ।

नर्सहरुले आफ्ना मागहरु पूरा नभए माघ १, २ र ३ गते ३ घन्टा काम नगर्ने, ४, ५ र ६ गते सबै अस्पताल र शैक्षिक संस्थामा ८ देखि ४ बजेको सिफ्टमै ड्युटी नजाने र माघ ७ गते २४ घन्टा नै ड्युटी छाडेर स्वास्थ्य मन्त्रालयमा धर्ना दिर्ने चेतावनी दिएका छन् ।

वीर अस्पताल जस्तै देशभरका अस्पतालमा कार्यरत नर्सिङ कर्मचारीहरुले शुक्रबार देखी एक घण्टा काम छाडेर आन्दोलमा उत्रिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भदौमा ११ दिन सार्वजनिक बिदा, दुईपटक तीन दिन लगातार छुट्टी

चार महिनादेखि राष्ट्र बैंकको डेपुटी गभर्नर पद खाली, नियुक्तिमा सरकार–गभर्नरबीच तानातान

सम्बन्धित

साना तथा मझौला उद्यमीलाई वित्तीय साक्षरता बढाउन राष्ट्र बैंकको जोड

सुनको मूल्य स्थिर, चाँदीको भाउ घट्यो

बागलुङमा पहिरोको उच्च जोखिममा १७ घर, ४४ घर जोखिममा

भदौ २ मा बझाङमा भारी वर्षा, थलरामा ९८.८ मिलिमिटर पानी

आज ३० जिल्लामा आकस्मिक बाढीको जोखिम, नदीमा बहाव बढ्ने

काम समयमै नसक्ने तीन निर्माण कम्पनी कालोसूचीमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu