काठमाडौं, माघ १ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं चितवन क्षेत्र नं.३ का सांसद पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो निर्वाचन खर्च बिवरण निर्वाचन कार्यालयमा बुझाएका छन् ।
सूर्य सुवेदी ‘पथिक’ लगायतका माओवादी केन्द्रका नेताहरुले जिल्ला निर्वाचन कार्यालय चितवनमा उक्त बिवरण बुझाएका दाहालकाे निजि सचिवालयले जानकारी दिएकाे छ । दाहालको चुनावमा आफूले नौ लाख ९४ हजार ५४२ रुपैयाँ खर्च गरेको दाहालको जिकिर छ । सो विवरण हेर्दा प्रतिनिधिसभामा चितवनमा विजयी उम्मेदवारमध्ये सबैभन्दा कम खर्च दाहालले गरेको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्