ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दाङका ९ पालिकाका नवनिर्वाचित प्रमुखले लिए सपथ


एबीसी / संवाददाता
६ जेष्ठ २०७९, शुक्रबार   ३ : ०१   बजे

दाङ, ६ जेठ । दाङका ९ वटा स्थानीय तहका पालिकाका नवनिर्वाचित प्रमुखहरुले सपथ ग्रहण लिएका छन् । स्थानीय तह सदस्य निर्वाचन २०७९ मा दाङको ९ स्थानीय तहमा निर्वाचित घोराही उपमहानगरपालिका, लमही नगरपालिका र सात गाउँपालिकाका प्रमुखहरुलाई मुख्य निर्वाचन अधिकृत न्यायाधीश रितेन्द्र थापाले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

जिल्लामा निर्वाचित भइसकेका नौं पालिकाका प्रमुखहरु मध्ये घोराही उपमहानगरपालिको प्रमुख नरुलाल चौधरी, लमही नगरपालिकाको प्रमुख जोगराज चौधरी, बंगाचुली गाउँपालिकाका प्रमुख तुलसीराम ‘सुवास’ पुन, बबई गाउँपालिका प्रमुख कुलबहादुर खत्री क्षेत्री, दंगीशरण गाउँपालिका प्रमुख शम्भु गिरी, गढवा गाउँपालिका प्रमुख यमनारायण शर्मा पोख्रेल, राप्ती गाउँपालिका प्रमुख प्रकाश विष्ट, शान्तिनगर गाउँपालिका प्रमुख प्रमोद बस्नेत र राजपुर गाउँपालिका प्रमुख शरदकुमार बुढाथोकीले सपथ ग्रहण लिएका हुन् ।
तुलसीपुर उपमहानगरपालिमा भने मतगणना जारी छ । त्यस्तै घोराही उपमहानगरपालिकाका नव(निर्वाचित जनप्रतिनिधिलाई प्रमाण पत्र प्रदान गरिएको छ ।

मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले नगर प्रमुख नरूलाल चौधरी र उपप्रमुख हुमा डिसीसहित १९ वडाका वडाध्य र सदस्यहरूलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका हुन् । त्यस्तै घोराही नगरप्रमुख चौधरीले नवनिर्वाचित घोराही उपप्रमुख हुमा डिसीसहित १९ वडाका वडाध्यक्ष र सदस्यहरूलाई पद तथा गोपनीयताको सपथग्रहण गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group