काठमाडौं, १ माघ । ब्लड क्यान्सरबाट पीडित ओखलढुंगा लिखुका चार वर्षीया क्रिष्टिना सुनुवारको उपचारका लागि सहयोग जुट्ने क्रम जारी छ ।
हङकङमा रहेर समाजसेवामा सक्रिय रिस्ता गुरुङले सञ्चालन गर्नुभएको फेसबुक अभियानमार्फत क्रिष्टिनाको उपचारका लागि एक लाख ८६ हजार ३६० रुपैयाँ सहयोग जुटेको छ ।
रिस्ताले पठाउनुभएको रकम आज क्रिष्टिनाका बुबाआमालाई हस्तान्तरण गरिएको छ । सो रकम फोनिजका अध्यक्ष डण्ड गुरुङ, तमू बौद्ध सेवा समितिका अध्यक्ष क्या. रामकाजी गुरुङ, तमू (गुरुङ) सञ्चारकर्मी संघका काबा अध्यक्ष रविन गुरुङ र कोषाध्यक्ष लाला गुरुङको उपस्थितिमा हस्तान्तरण गरिएको हो ।
क्रिष्टिनाका बुवा निरबहादुर सुनुवारले सहयोगी सबैलाई धन्यवाद दिनुभएको छ । उपचारका लागि १५ देखि २५ लाख रुपैयाँ लाग्ने चिकित्सकले बताएको उहाँले जानकारी दिनभयो । फेसबुकमा सहयोग गर्ने आश्वासन दिनेहरु धेरै देखिएपनि सहयोग रकम भने नजुटेको गुनासो समेत सुनुवारको थियो । क्रिष्टिनाको काठमाडौंको सिभिल अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्