ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पत्रकारबाट वडा अध्यक्ष बनेका आचार्यको पहिलो काम अपाङभत्ता दिने सिफारिस


एबीसी / संवाददाता
१० जेष्ठ २०७९, मंगलबार   २ : ३६   बजे

काठमाडौं, १० जेठ ।  धादिङको धुनिबेशि नगरपालिकाको वडा ६ मा निर्वाचित भएका वडा अध्यक्ष रमेश प्रसाद आचार्यले पदभार ग्रहण गरेसंगै कार्य कक्षमा सहिदको फोटो राखी काम सुरु गरेका छन् । पद भार ग्रहण गर्दैे कार्यकालको शुभारम्भ कार्यकक्षमा सहिद बैकुण्ठनाथ रेग्मी ९रोशन० को तस्वीर राखी सहिदहरुप्रति सम्मान गरेका हुन । उनले दमाई तामाङको छोरा सुनिल तामाङको पुर्ण अपांगता भत्ताको लागि सिफारिस प्रदान गरि पहिलो निर्णय समेत गरेका हुन ।

पत्रकारिता पेशाबाट राजनीतिमा लागेका अत्यन्तै सरल, मिलनसार तथा लगनशिल वडा अध्यक्ष आचाार्यले ६ नम्बर वडाका दुई सरकारी विद्यालयमा चालु शैक्षिकसत्रबाटै अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गर्ने भएका छन् । साथै स्वास्थ्य शिक्षाको स्तरउन्नति गर्न महत्त्वपूर्ण निर्णयका साथ अन्य सरोकारवाला निकायहरुसंग थप परामर्श गरी आफ्नो कार्यकालमा आम नागरिकलाई सेवा दिने तर्फ आफ्नो ध्यान सदैव रहने वडा अध्यक्ष आचार्यले बताएका छन् ।
आफ्नाको ५ वर्षे कार्याकालमा मुख्य प्राथमिकताका विषयहरु समेत अध्यक्ष आचार्यले प्राथमिकता राखेका छन् ।

१। ६ नम्बर वडामा रहेका सरकारी विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठन पाठनको ब्यबस्था यसै शैक्षिक सत्रदेखि सुरु गर्ने । वर्ष बाट गर्नेछु ।

२।कालिदेभी आधारभुत विद्यालयलाई स्तरोन्नती गरि १० कक्षासम्म पठनपाठन सञ्चालन गरी प्राबिधिक विद्यालय सञ्चालनमा जोड दिने ।

३। एक घर एक खानेपानी धारा पुर्ण रुपमा लागू गरि सक्ने ।

४। बृद्धा, अपाङ र अशक्तहरुको घरमै पुगेर स्वास्थ्य परिक्षण तत्काल सुरु गर्ने र आधारभूत औषधिहरु प्रभावकारी रुपमा स्वास्थ्य संस्थासंग समन्व्य गरि वितरण गर्ने ।

५।वडामा रहेको नौबिसे– कालिदेविस्थान र धार्के– बानियाटार सडकको स्तरोन्नती गर्ने ।

६। कालिदेबीथानमा होमस्टे सञ्चालन गराई धार्मिक तथा कृषि पर्यटन क्षेत्रको विकास गरी स्वरोजगारी बनाउनुका साथै स्थानीय उत्पादनको बजार प्रवद्धन गर्ने ।

७। धार्के चालिसेमा रहेको तरकारी संकलन केन्द्र सञ्चालको लागि सम्बन्धीत निकायसंग समन्वय गरि आवश्यक पहल कदमी गर्ने । ८। वडा भित्रको बजारलाई व्यवस्थित, सफा र सुन्दर बनाउनुका साथै आवश्यक स्थानहरुमा सिसी क्यामेरा तथा सडक बत्तिको व्यवस्थापन गर्ने ।

८। महिला तथा किशोरीका लागि आत्मरक्षा सम्बन्धी तालिमहरु सञ्चालन गर्ने ।

९। स्थानीय उत्पादनहरुको बजारीकरण गरी आयातलाई प्रतिस्थापन गर्दै खाली रहेका जग्गाहरुलाई उचितरुपमा प्रयोगमा ल्याउने ।

१०। शहरीकरण तथा अव्यवस्थित बजारीकरणलाई स्थानीय नागरिकको आवश्यकता र औचित्यका आधारमा थप व्यवस्थित गर्दै लैजाने विषयमा मुख्य ध्यान दिने योजना आचार्यको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

न्यायपालिकामाथि राजनीतिक हस्तक्षेप बढेको भन्दै तीन अन्तर्राष्ट्रिय संस्थाको चिन्ता

सरकार एकैदिनमा उल्ट्याउन सकिँदो रहेछ, चारैतिरबाट घेरा हालौं– प्रचण्ड

सम्बन्धित

न्यायपालिकामाथि राजनीतिक हस्तक्षेप बढेको भन्दै तीन अन्तर्राष्ट्रिय संस्थाको चिन्ता

बाल मन्दिर ठगी प्रकरणमा ८ जनाविरुद्ध मुद्दा दायर

वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

बेदिका केसी राति नै छुटिन्, १० बजे सरकारी वकिलको कार्यालयमा हाजिर हुने शर्त

महोत्तरीमा खाना खाँदाखाँदै होटल कर्मचारीको मृत्यु, ताप्लेजुङमा फलैँचाबाट लडेर युवकको ज्यान गयो

संस्थापनइतर समूहले कार्यक्रमका नाममा निन्दा प्रतियोगिता चलाए : गगन थापा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu