ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मधेश प्रदेशमा जिल्ला समन्वय समितिको कुनको दल पल्ला भारी कता ?


एबीसी / संवाददाता
१८ जेष्ठ २०७९, बुधबार   ८ : ०३   बजे

काठमाडौं, १८ जेठ । २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह चुनावको परिणाम आइसकेको छ । परिणाम आएसगै अब जिल्ला समन्वय समिति निर्वाचनको चर्चा सुरु भएको छ ।देशका ७७ जिल्लामध्ये कांग्रेसको १५, एमालेको ११ र माओवादी केन्द्रको ४ गरी ३० जिल्लामा पालिका प्रमुख उपप्रमुखको मतानुसार एकल जिल्ला समन्वय समिति बन्ने निश्चित देखिन्छ ।

यता मधेश प्रदेशका ८ जिल्ला मध्ये धनुषा र सर्लाहीमा कांग्रेसको नेतृत्वमा जिसस गठन हुने बाहेक अरु कुनैपनि दलको बहुमत नभएको कारण जिसस बन्ने अवस्था देखिदैंन । यी दुई जिल्ला बाहेक अन्य ६ जिल्लामा गठबन्धन वा समन्वय अनुसार नै बन्नेछ । स्थानीय तह निर्वाचन अनुसार नै सत्तारुढ गठबन्धन दल आपसी समन्वय र चुनावी तालमेल गरी अघि बढेका खण्डमा कांग्रेसले पर्सा, रौतहट र सप्तरीमा थप जिसस जित्न सक्ने सम्भावना छ भने जसपा समेतले महोत्तरीमा जिसस नेतृत्व हात पार्न सक्नेछ । सप्तरीमा जसपाले पनि नेतृत्व लिन सक्ने सम्भावना छ तर कांग्रेसको मत बढी भएको कारण उसले नै नेतृत्व लिन सक्ने अवस्था छ ।पर्सामा कुल २८ मतमा कांग्रेस १२, एमाले १०, जसपा ५ र लोसपाको १ मत छ । जसपा निर्णायक शक्तिका रुपमा देखा परेको छ ।

उसले कांग्रेस र एमाले जसलाई साथ दिन्छ, उसैको नेतृत्वमा जिसस बन्न सक्ने अवस्था छ । तर पछिल्लो गठबन्धन तालमेल अनुसार अघि बढेको खण्डमा कांग्रेसले नै हात पार्न सक्ने अवस्था देखिन्छ ।रौतहटमा कुल ३६ मतमा कांग्रेससँग १४, एमालेसँग ५, माओवादीसँग २, जसपासँग ३, नेकपा एससँग ८, लोसपासँग ४ मत छ । कांग्रेसले नेकपा एकीकृत समाजवादी मिलाएमा सहज रुपमा नेतृत्व लिन सक्नेछ । यदि नेकपा एसले सहयोग नगरेको खण्डमा कांग्रेसलाई जसपा र माओवादी समेतको सहयोग लिनुपर्ने अवस्था देखिन्छ ।

महोत्तरीमा रहेको कुल ३० मतमा कांग्रेससँग ६, एमालेसँग २, जसपासँग ११, तमलोपासँग १, लोसपासँग ८, र स्वतन्त्रसँग २ मत छ । यहाँ जसपाले जिससको नेतृत्व लिन सक्ने बढी सम्भावना देखिन्छ तर त्यसका लागि कांग्रेससँग तालमेल अनिवार्य देखिन्छ ।यहाँ लोसपाले पनि नेतृत्व लिन सक्ने प्रयास गर्न सक्ने छ तर त्यसका लागि कांग्रेस, कांग्रेसका बागी रस्वतन्त्र र तमलोपालाई मिलाउनुपर्ने आवश्यकता हुन्छ, जुन सम्भव देखिदैंन । कांग्रेसलाई अन्य जिल्लामा जसपासँग सहयोग लिनुपर्ने अवस्था रहेको खण्डमा कांग्रेसले लोसपालाई सहयोग नगर्ने अवस्था आउन सक्ने राजनीतिक विश्लेषकहरुको भनाई छ ।सप्तरीमा कुल ३६ मत मध्ये कांग्रेससँग १२, एमालेसँग ४, माओवादीसँग २, जसपासँग ८ , जनमत पार्टीसँग ३, नेकपा एससँग २, तमलोपासँग ५ मत छ । कांग्रेस र जसपाले नेतृत्वका लागि बाँडफाँड गरेर कांग्रेसले नेतृत्व लिन सक्नेछ ।

गठबन्धन बाहेक प्रतिपक्षी दल एमालेले पनि बारा जिल्लामा लोसपासँग तालमेल गरेर जिससको नेतृत्व लिन सक्ने अवस्था देखिन्छ । तर सिरहा जिल्लामा गठबन्धन दल नमिलेको खण्डमा मात्रै एमालेले नेतृत्व पाउनेछ नभए गठबन्धन दलका जसपाले नेतृत्व पाउने सम्भावना बढी देखिन्छ । यी दल बाहेक माओवादी र नेकपा एसले मधेश प्रदेशको कुनैपनि जिल्लामा नेतृत्व लिन सक्ने अवस्था प्राप्त पालिका मतको आधारमा देखिदैंन ।बारामा कुल ३२ मतमा एमालेसँग ११, कांग्रेससँग ८, जसपा ६, लोसपा ४, विवेकशील साझा पार्टीसँग २ र माओवादीसँग १ मत छ ।

एमालेले जसपा एउटा दललाई मिलाए पुग्छ भने कांग्रेसले अन्य विवेकशीललाई छोडेर सबै दललाई मिलाउनुपर्छ । तर जसपाले एमालेलाई सहयोग नगरेको खण्डमा एमालेलाई लोसपा बाहेक विवेकशील साझा पार्टीलाई मिलाउनुपर्ने अवस्था देखिन्छ ।सिरहामा कुल ३४ मतमध्ये कांग्रेससँग ६, एमालेसँग १५, माओवादीसँग २, जसपासँग १० र नेकपा एससँग १ मत छ । यहाँ कांग्रेस र जसपाले जिसस गठनको लागि प्रयास गर्ने देखिन्छ । सत्तागठबन्धन दल एक ठाँउमा उभिएको खण्डमा जसपाको नेतृत्वमा जिसस बन्न सक्नेछ । तर गठबन्धन दल नमिलेको खण्डमा एमालेले नेकपा एस र माओवादी वा जसपासँग आपसी बाँडफाँडको आधारमा नेतृत्व सक्नेछ । गठबन्धन दल नमिलेको खण्डमा मात्रै एमालेले नेतृत्व पाउने अवस्था छ ।संविधानको धारा २२० अनुसार नगरसभा र गाउँसभा गठन भएको ३० दिनभित्र समिति बनिसक्नुपर्छ । गाउँ र नगर कार्यपालिकाका प्रमुख र उपप्रमुख समितिका सदस्य हुन्छन् । जिल्ला सभाबाट एक प्रमुख, एक उपप्रमुख, कम्तीमा तीन महिला र कम्तीमा एक दलित वा अल्पसंख्यकसहित ६ देखि ९ सदस्यीय समिति निर्वाचित गरिनेछ ।सम्बन्धित जिल्लाभित्रको गाउँ र नगरसभाको सदस्य जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख वा सदस्य उम्मेदवार हुन सक्छन् । गाउँपालिका र नगरपालिकाका प्रमुख तथा उपप्रमुखले निर्वाचन प्रक्रिया मार्फत मत हालेर जिल्ला समन्वय समितिको नेतृत्व चयन गर्नेछ । निर्वाचित जिसस पदाधिकारीको पुरानो पद स्वतः रिक्त हुन्छ । रिक्त पदमा फेरि निर्वाचनको कुनै व्यवस्था छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज सुनको भाउ तोलामा एक हजार ६०० रुपैयाँले बढ्यो

कोशीमा कार्की कि मेन्याङ्बो ? एमालेभित्र मुख्यमन्त्रीको दौड

सम्बन्धित

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

भोलि उद्घाटन हुँदै नागढुंगा–सिस्नेखोला सुरुङमार्ग, सुरुमा आकस्मिक सवारीलाई मात्रै अनुमति

कोशीमा कार्की कि मेन्याङ्बो ? एमालेभित्र मुख्यमन्त्रीको दौड

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu