ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साना तथा मझौला उद्योगहरूको संरक्षणका लागि प्रवर्द्धनात्मक काम गर्न प्रधानमन्त्रीको आग्रह


एबीसी / संवाददाता
२ असार २०७९, बिहिबार   १ : ३२   बजे

काठमाडौँ, २ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय उत्पादन प्रवर्द्धन गर्न सके साना तथा मझौला उद्योगहरूको संरक्षणमा मद्दत पुग्ने बताउनुभएको छ ।

नेपाल चेम्बर अफ कमर्शले आयोजना गरेको नेपाल चेम्बर एक्स्पो २०२२ को काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले निकासी बढाउन पनि स्वदेशी उद्योग र उत्पादनलाई संरक्षण गर्नुपर्ने बताउनुभयो । स्वदेशी कच्चा पदार्थ र सीपमा आधारित उत्पादन प्रवर्द्धनका लागि यस्ता एक्स्पो र व्यापार मेलाले भूमिका खेल्नुपर्ने पनि उहाँले बताउनुभयो ।

नेपाली अर्थ क्षेत्रमा चेम्बरले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै प्रधानमन्त्री देउवाले निजी क्षेत्रसँगको सहकार्यका लागि सरकार सधैँ सकारात्मक रहेको पनि बताउनुभयो । कोभिडका कारण ठप्प बनेको पर्यटन क्षेत्र विस्तारै चलायमान हुन थालेको भन्दै उहाँले पर्यटकको आगमन बढाउन पर्यटन प्रवद्धन गर्ने कार्यक्रमहरू ल्याउन निजी क्षेत्रलाई आग्रह पनि गर्नुभयो ।

यस्ता एक्स्पोहरूले उत्पादन र उपभोक्ताबीचको सीधा सम्पर्क स्थापित गर्ने भएकाले निरन्तर गरिरहनुपर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu