काठमाडौँ, २ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री जनार्दन शर्माले व्यापारीका प्रतिनिधिलाई राखेर बजेट बनाएको आरोप लगाउनुभएको छ ।
एमालेबाट निर्वाचित जनप्रतिनिधिका लागि काठमाडौंमा भएको प्रशिक्षण कार्यक्रममा ओलीले मन्त्रिपरिषद र मन्त्रीहरुले समेत थाहा नपाई करका दर र अंक संसदमा मात्र सार्वजनिक गर्नुपर्नेमा बजेट बनाउँदै गर्दा व्यापारीका प्रतिनिधिलाई राखेर बनाइएको उहाँले बताउनुभयो ।
‘यहाँ त बनाउँदै गर्दा व्यापारीका प्रतिनिधि राखेर, बनाउन भन्दा अघि कमिसन खाएर बजेट बनाइन्छ भने के हालत होला देशको ?’ उहाँले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्