ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देउवा सरकारका प्रदेश प्रमुखलाई के गर्ला वाम गठबन्धनको नयाँ सरकारले ?


admin
३ माघ २०७४, बुधबार   १२ : ०३   बजे

काठमाडौं, ३ माघ । लामो समयसम्म प्रदेश प्रमुख र प्रदेशका अस्थायी मुकाम तय गर्न नसकेको सरकारले अन्ततः आज प्रदेश प्रमुख नियुक्त गर्दैछ । तर, सरकारले गर्ने नियुक्ति सबैभन्दा विवादित बन्ने देखिएको छ ।


आगामी सरकारको नेतृत्व गर्न झण्डै दुई तिहाई बहुमतको शक्तिका साथ प्रतिक्षारत नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वामपन्थी गठबन्धन प्रदेश प्रमुख नियुक्तिमा सहभागी भएको छैन । कामचलाउ सरकारले निर्वाचन अघि नै नियुक्ति गर्नुपर्ने विषयलाई निर्वाचन पछि पुर्याएपछि वाम गठबन्धनले त्यो सरकारको काम भन्दै नियुक्तिको भागवण्डा खेलबाट बाहिरिएको छ ।

संविधानतः प्रदेश प्रमुख नियुक्त नगरी भएको छैन । प्रदेश प्रमुखकै अभावमा प्रदेश सांसद्हरुको सूचि निर्वाचन आयोगले बुझाउन पाएको छैन । यसको सोझो प्रभाव ती सांसद्हरुले सपथ खान पाएका छैनन् । सपथ नै खान नपाएका प्रदेश सांसदहरु आगामी राष्ट्रिय सभा निर्वाचनका लागि मुख्य मतदाताको रुपमा रहेका छन् ।

सरकारले यही संवैधानिक छिद्रमा खेल्दै प्रदेश प्रमुख नियुक्तिमा ढिलाई गर्यो । यसको सोझो अर्थ हुन्छ, कामचलाउ देउवा सरकार केही दिन भए पनि सत्ता लम्ब्याउन सफल भयो, या अरु कसैको प्रभावमा वाम गठबन्धनलाई सरकार बनाउन ढिलाई गर्ने योजनाबाट प्रभावित भयो ।
मन्त्रिपरिषद्ले आज नियुक्ति गर्ने प्रदेश प्रमुखहरुमा वाम गठबन्धनको स्वामित्व नरहने भएपछि उनीहरुको भविष्य विवादित हुने प्रष्टै छ ।

किनकी, केन्द्र सरकारले आफुलाई अनुकुल हुने पात्र मात्र प्रदेश प्रमुखमा नियुक्त गर्ने पक्का छ । त्यति बेला, अहिले जागिर खान हुरुक्क गरेका सात जना पात्रहरुको भविष्य धरापमा पर्ने निश्चित छ । प्रदेश सरकार र प्रदेश संसदसँग सिधा टसल पर्ने प्रदेश प्रमुखलाई वामपन्थी गठबन्धनले केही समयपछि अस्वीकृत गरेपछि अहिलेसम्मको नेपाली ‘अभ्यास’ अनुसार स्वभाविक रुपमा यो विषय अदालतमा प्रवेश गर्नेछ । अदालतले दिने अन्तरिम आदेश केन्द्र सरकार अनुकुल नबने त्यसपछिको शक्ति संघर्ष थप पेचिलो बन्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group