ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुदूरपश्चिम सरकारले वितरणमुखी बजेट ल्याएको भन्दै सत्तापक्षबाटै विरोध


एबीसी / संवाददाता
३ असार २०७९, शुक्रबार   १ : १३   बजे

काठमाडौँ, ३ असार । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ल्याएको बजेट वितरणमुखी भएको सांसदहरुले आरोप लगाएका छन्।

बजेटको प्रतिपक्षसँग सत्तापक्षका सांसदहरुले समेत विरोध जनाएका हुन्। यस बजेटले राहत दिने भन्दा पनि मँहगी बढाउने नेकपा एमालेले दावी गरेको छ। सुदूरपश्चिम सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार विनियोजन गरेको छ। सुदूरपश्चिम प्रदेशसभा बैठकमा प्रस्तुत बजेट चालू तर्फ १२ अर्व २९ करोड ५९ लाख ८४ हजार अर्थात ३३ दशमलव ४६ प्रतिशत र पुँजीगत तर्फ २४ अर्ब १४ करोड ४७ लाख ६१ हजार अर्थात ६५ दशमलव ७४ प्रतिशत बजेट विनियोजन गरिएको छ। त्यस्तै अन्तरसरकार वित्तिय हस्तान्तरण तर्फ १ अर्ब ३६ करोड ४९ लाख अर्थात ३ दशमलव ७३ प्रतिशत बजेट विनियोजन गरिएको छ।

सुदूरपश्चिम प्रदेश सरकारले सडक, शिक्षा, स्वास्थ्य र खानेपानीलाई मुख्य प्राथमिकतामा राखेको छ। सरकारले उपलब्धि हुने गरी बजेट ल्याएको दाबी गरेपनि सत्ता पक्षकै सांसदहरुले बजेटप्रति असन्तुष्टि जनाएका छन्। यो बजेटले प्रदेशका जनताको जीवनस्तरमाथि नउकास्ने दाबी गर्दै टुक्रे योजना ल्याएर पुरानै प्रवृत्ति दोहोरिएको आरोप सत्तापक्षकै सांसदहरुको छ। विपक्षी दल नेकपा एमालेले त झन् हावादारी तरिकाले बजेट ल्याएको आरोप लगाएको छ। घाटाको बजेट र सबै पुरानै कुराहरु समावेश भएको बजेट कुनै नौलो नभएको उनीहरुकाे भनाइ छ। यो बजेटले जनतालाई राहत दिने भन्दा पनि मँहगी बढाउने एमालेको दावी छ । मन्त्रालयका सचिवलाई बेवास्था गरेर होटलमा बसेर सामान्य कर्मचारीबाट बजेट बनाएर ल्याएको आरोप लगाउदै विपक्षी दलका सांसदले रातो किताबमा परेका अधिकांश योजना बिक्री वितरण भइसकेको उनीहरुको आरोप छ।

सरकारले जनतालाई राहत हुने गरी र सुदूरपश्चिमको विकासमा योगदान दिनेखालको बजेट भनेपनि सत्ता पक्षकै सांसद र विपक्षीले यो बजेटमाथि निकै प्रश्न उठाएका छन्। यति मात्रै नभइ बिचौलीयाहरुका मागमा होटेलको कोठाबाट बजेट आएको सांसदहरुले आरोप लगाएका छन्। यसमा कति सत्यता छ सरकारले जवाफ दिनै पर्ला।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu