ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एसपीपीबारे सञ्चारमाध्यममा आएको कागजात सरकारी नभएको प्रधानसेनापति शर्माको दाबी


एबीसी / संवाददाता
३ असार २०७९, शुक्रबार   २ : ५६   बजे

काठमाडौँ, ३ असार । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले एसपीपीबारे सञ्चारमाध्यममा आएको कागजात सरकारी नभएको दाबी गर्नुभएको छ । शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छलफलमा बोल्दै प्रधानसेनापति शर्माले सञ्चारमाध्यममा आएको कागजात सरकारी नभएको दाबी गर्नुभएको हो ।

उहाँले नेपाली सेनाले कदापि नेपाली जनताको भावनाबिरुद्ध काम नगर्ने भन्दै नेपालको एकता, नेपाली जनताले बुझेको कुरालाई भ्रम पार्ने हिसावले केही मानिसले उचालेको बताउनुभयो । प्रधानसेनापति शर्माले एसपीपी कुनै पनि हालतमा नेपाललाई काम नरहेको भन्दै मानवीय सहायता बाहेक सैन्य सहायतामा समावेश हुने कुरा नेपाली सेनालाई मान्य नहुने बताउनुभयो । प्रधानसेनापति शर्माले नेपाली सेनाले २७ अक्टोबर सन् २०१५ मा एसपीपीलाई लेखेको पत्र भूकम्पका बेलामा मानवीय सहयोगका लागि मात्र लेखिएको बताउनुभयो ।

उहाँले उक्त पत्रमा कुनै पनि सैन्य सम्झौतामा जोडिने कुरा उल्लेख नरहेको भन्दै सैन्य सम्झौतामा जोडिने कुरा नेपाली सेनालाई स्वीकार्य नहुने बताउनुभयो । प्रधानसेनापति शर्माले त्यसपछिका दिनमा पनि दुईवटा चिठी लेखिएको तर उक्त चिठी अमेरिकी सरकारबाट एउटा राज्यको स्टेट पार्टनरसिप प्रोग्राममा दिइने फण्डका लागि मात्रै भएको स्पष्ट पार्नुभयो । उहाँले उक्त फण्डले हालसम्म नेपाली सेनालाई विपद्का बेला आवश्यक पर्ने औजारहरु मात्रै सहयोग गरेको र कुनै गोलीबारुद नदिएको दाबी गर्नुभयो । प्रधानसेनापति शर्माले नेपाली सेनाले नेपालको परराष्ट्रनीतिको बरखिलाफ हुनेगरी कहिल्यै सम्झौता नगरेको पनि बताउनुभयो ।

उहाँले तत्कालीन रुपमा एसपीपीको उद्देश्य कुनैपनि सैन्य सम्झौता हुने गरेर नभएको र सन् २०१९ मा आएर इण्डोप्यासिफिक स्टाट्रेजीसँग मिसिने डरले सरकारसँग यसलाई रिभ्यू गर्नुका लागि औपचारिक चिठी लेखेको पनि बताउनुभयो । प्रधानसेनापति शर्माले नेपाली सेना असंलग्न परराष्ट्रनीतिको बारेमा गम्भीर रहेकोले आगामी दिनमा पनि सैनिक पार्टनरसिप नहोस्, नबनियोस्, हुन नपरोस् भन्ने कुरालाई ध्यानमा राखेर नेपालको परराष्ट्रनीति र छिमेकीलाई ध्यानमा राखेर काम गर्ने बताउनुभयो । उहाँले एसपीपीको विषयमा नेपाली सेनाले कुनै सम्झौता नगरेको भन्दै यसलाई अतिरञ्जित नगर्न आग्रह गर्नुभयो ।

प्रधानसेनापति शर्माले नेपाली सेना र अमेरिकाको रक्षा मन्त्रालयसँगको सम्बन्ध प्रगाढ, नेपालको परराष्ट्र नीतिलाई सहयोग पुर्‍याउने र परराष्ट्र नीति अन्तर्गतको सैनिक कुटनीतिलाईसमेत सहयोग पुग्ने हिसाबले आफ्नो भ्रमण हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu