काठमाडौं,३ माघ । भारतीय राजदूत मञ्जिव सिंह पुरीले अव बन्ने नयाँ सरकारसँग सहकार्य गर्न भारत आतुर रहेको प्रष्ट पारेका छन ।उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ सँगको शिष्टाचार भेटमा पुरीले सो भनाई राखेका हुन ।
भारतीय राजदूतसँगको भेटमा उपराष्ट्रपतिले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि नेपाल राजनीतिक स्थिरता र आर्थिक समृद्धि तर्फ अगाडि बढ्नेमा विश्वास लिए । उपराष्ट्रपति पासाङले युगौँदेखिको नेपाल–भारत सम्बन्ध सांस्कृतिक, धार्मिक, भाषिक लगायतका क्षेत्रमा जनस्तर सम्म प्रगाढ रहेको बताएका थिए ।
उनले दुई देशबीचको सम्बन्धलाई अझैँ बलियो बनाउनुपर्नेमा जोड दिए । उपराष्ट्रपति पासाङले आउँदै गरेको भारतको ७०औं स्वतन्त्रताको दिवसको अवसरमा राजदूतमार्फत भारतीय राष्ट्रपति, समकक्षी, प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका नेताहरु तथा भारतीय जनतामा शुभकामना व्यक्त गरे ।
भारतीय राजदुत पुरीले मंगलबार अपरान्ह उपराष्ट्रपतिको कार्यालय, बहादुर भवन भेटबार्ता गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्