काठमाडौँ, ३ असार । नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले अन्तर्राष्ट्रिय विदेश नीतिलाई बलियो बनाउन साझा विदेश नीति निर्माण गर्न आवश्यक रहेको बताउनुभएको छ । शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छलफलमा बोल्दै सचेतक भुसालले सो बताउनुभएको हो । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका हाईलेभल भिजिट भन्ने कुरा नेपालको लागि अत्यन्त सकारात्मक रहेको पनि बताउनुभयो ।
सचेतक भुसालले प्रधानमन्त्रीको अमेरिका भ्रमण नेपालको विदेश नीतिलाई बलियो बनाउनको निम्ति सकारात्मक भ्रमण हुने बताउनुभयो । उहाँले भ्रमणमा जानुअघि नेपालको विदेश नीतिमाथि टेकेर, संविधानमाथि टेकेर सकारात्मक ढंगबाट अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले प्रधानमन्त्रीको अमेरिका भ्रमण कुनै सम्झौतासँग सम्बन्धित नरहेको कुरा सदनमा स्पष्ट भइसकेको भन्दै प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे भ्रम फैलाउनु भनेको नेपालको विदेश नीतिलाई कमजोर गराउनु भएको बताउनुभयो ।
सचेतक भुसालले प्रधानमन्त्री र प्रधान सेनापति लगायतले भ्रमण नै गर्नु हुँदैन भनेर दुई देशबीचको परराष्ट्रनीतिलाई बिगार्ने काम गर्नुनहुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्