ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गेटामा निर्माण भइरहेको मेडिकल कलेजलाई प्रतिष्ठानको रूपमा अगाडि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता


एबीसी / संवाददाता
४ असार २०७९, शनिबार   १२ : ४१   बजे

काठमाडौँ, ४ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले गेटामा निर्माण भइरहेको मेडिकल कलेजलाई प्रतिष्ठानको रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

धनगढी उपमहानगरपालिकाको प्रशासनिक भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै आज उहाँले यस्तो बताउनुभएको हो । उहाँले यस विषयमा तत्काल विधेयक ल्याएर काम अघि बढाउने समेत बताउनुभयो । गेटा मेडिकल कलेज प्रतिष्ठान सम्बन्धि ऐन ल्याएर काम अघि बढ्ने बताउदै उहाँले अब बस्ने मन्त्रीपरिषदको बैठकबाट टुङ्गो लाग्ने बताउनुभयो। स्वास्थ्य विज्ञान प्रतिष्ठान बने सुदूरपश्चिममा चिकित्सक उत्पादन हुने र बिकट ठाउँका नागरिकलाई पनि स्वास्थ्य सेवा लिन सहज हुने उहाँको तर्क छ । प्रधानमन्त्री देउवाले सुदूरपश्चिम प्रदेशमा विकासले गति लिइसकेको समेत दावी गर्नुभएको छ । कैलालीमा नदी कटानको समस्या रहेको भन्दै यस विषयमा समेत आफूले पहल गर्ने प्रतिबद्धता समेत उहाँले जनाउनुभयो । मोहना देखी पूर्व सत्तीसम्मको नदी कटानको समस्या सबै मिलेर समाधान गर्न सकिने र यसका विषयमा भारतसँग कुरा गर्न सकिने उहाँको भनाइ छ ।

धनगढी उपमहानगरपालिकालाई सुन्दर र सुरक्षित बनाउन अतिक्रमण हटाउनुपर्नेमा प्रधानमन्त्री देउवाले जोड दिनुपर्ने बताउनुभएको छ । त्यसका लागि उहाँले मेयर हमाललाई कडा रूपमा प्रस्तुत हुन आग्रह गर्नु भएको छ । प्रदेश सरकार र स्थानीय तहको सरकारलाई जनताको काममा ढिलाइ नगर्न प्रधानमन्त्री देउवाले आग्रह गर्नुभयो । उहाँले प्रदेश र स्थानीय तहमा कर्मचारीको समस्या रहेको समेत बताउनुभएको छ । साथै कर्मचारी प्रदेश र स्थानीय तह आउन नचाहने तथा केन्द्रमा बस्न चाहने गरेको बताउदै उहाँले उनीहरूलाई अवसर दिएर भएपनि प्रदेशमा ल्याउनुपर्ने उहाँको जोड छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवागढी आयोजनाबाट ९३ जना सम्पर्कविहीन, उद्धार टोली परिचालन

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ९०३ पुग्यो, ४ हजार २४७ अझै सम्पर्कविहीन

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu