ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीले संसदबाट भागेर गल्ती ढाकछोप गर्न खोजे : नेता रावल


एबीसी / संवाददाता
५ असार २०७९, आइतबार   ११ : ०३   बजे

काठमाडौं, ५ असार । नेकपा एमालेका नेता तथा पूर्वरक्षामन्त्री भीम रावलले प्रधानमन्त्री देउवा राष्ट्रघात र संविधान तथा लोकतन्त्रविरुद्ध लागेको भन्दै आफूले समेत हस्ताक्षर गरेर बनाएको प्रधानमन्त्रीले अनुत्तरदायी व्यवहार देखाएको आरोप लगाएका छन् ।प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा प्रधानमन्त्री नआएकोप्रति आपत्ति जनाउँदै रावलले बैठकले निर्णय गरेर देउवाप्रति खेद व्यक्त गर्नुपर्ने बताए ।

उनले बैठकबाट एसपीपी सम्बन्धी अहिलेसम्मका प्रस्ताव रद्द गरेको पत्र लेख्न सरकारलाई निर्देशन दिनुपर्ने समेत बताए ।बैठकमा रावलले भने, ‘हिजो म पनि त्यो उहाँलाई प्रधानमन्त्री बनाउने समय सम्झन्छु । संविधानको रक्षा गर्न,लोकतन्त्र अप्ठेरोमा पर्यो भनेर मैले पनि सही गरेर प्रधानमन्त्री बनाइयो ।

इतिहासमा त्यसको समिक्षा होला, यही हो लोकतन्त्रको रक्षा गरेको ? यही हो संविधानको रक्षा गरेको ? यस्तो गैरजिम्मेवारी पनि हुन्छ ? समितिले खेद व्यक्त गर्नुपर्छ उहाँप्रति ।’रावलले प्रधानमन्त्रीले संसदबाट भागेर गल्ती ढाकछोप गर्न खोजेको आरोप समेत लगाए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu