ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कम्युनिष्ट पार्टीमा बाह्यभन्दा ठूलो आन्तरिक संघर्ष छ – वामपन्थी नेता मोहनविक्रम सिंह (भिडियोसहित)


एबीसी / संवाददाता
५ असार २०७९, आइतबार   ११ : ४२   बजे

“अहिलेको परिवर्तन कम्युनिष्ट आन्दोलनको विपक्षमा छ”

वामपन्थी पुराना नेता एवन् नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले बाह्यभन्दा कम्युनिष्ट पार्टीभित्र ठूलो संघर्ष आवश्यक रहेको बताएका छन् । एबीसी टेलिभिजनको कार्यक्रम आउटलूकमा प्रधानसम्पादक शुभशंकर कँडेलसँगको विशेष अन्तरवार्तामा सिंहले विश्वभरमा नै कम्युनिष्ट आन्दोलन कमजोर बन्दै गएको उल्लेख गर्दै उक्त विचार राखेका हुन् ।

 

विश्वमा नै कम्युनिष्ट आन्दोलनमा विचलन 

कम्युनिष्टको मूल सिद्धान्त समाजको सामूहिक फाइदाका लागि काम गर्ने रहेपनि व्यक्तिगत सोच र फाइदाको प्रवृत्ति बढ्दै गएकाले सो विचारधारामा विचलन आएको प्रष्ट पारे ।

”कयौं गुणा बढी संघर्ष गुर्नपर्छ,पार्टीमा फाइदा मात्र हेर्ने प्रवृत्ति त्यो समस्या छ, बाहिर त संघर्ष गुर्नपरेकै छ । तर, त्यो भन्दा ठूलो संघर्ष कम्युनिष्ट पार्टीभित्र गर्नुपरेको छ ।”, उनले बताए ।

संसारभरमै कम्युनिष्ट सिद्धान्त विचलन भएको, स्खलन हुदै गएको, माक्र्सवाद सिद्धान्त र आदर्श व्यवहारिक भएको प्रष्ट पार्दै उनले भने, “मनोगत कुरा मात्र होइन, क्रान्तीकारी सिद्धान्त ठोस परिस्थितीमा ठोस मूल्यांकन भएको उनले बताए ।

अबका कयौं पुस्ताले दृढतापूर्वक संघर्ष गर्नुको विकल्प छैन 

दलहरुले दक्षिणपन्थी विचार समात्दै गएको र संघर्ष गर्न झनै अपठ्यारो भएको उनी भन्छन्, “कम्युनिष्ट सिद्धान्त पूँजीवादी, संसदवादी र अहिलेको परिवर्तन कम्युनिष्ट आन्दोलनको विपक्षमा पुगेको छ । त्यसरी हेदा समाजवादी शक्ति पुराना र कमजोर भए, अब कडाइपूर्वक काम गर्नुपर्ने जिम्मेवारी आएको छ, उनले भने – नेपालको आन्दोलन कम थिएन । राणा शासनविरुद्धको, पञ्चायनविरुद्धको संघर्ष कठिन स्थिती थियो । र अबका कयौं पुस्ताले धेरै संघर्ष गर्नुपर्ने स्थिती पैदा हुन्छ । दृढतापूर्वक संघर्ष गर्नुपर्दछ ।”

कम्युनिष्ट पार्टीमा वैचारिक मुख्य समस्या

सिहंले नेपालमा विगतका आन्दोलनको इतिहास राम्रो भएको उल्लेख गर्दै कम्युनिष्ट पार्टीभित्र व्यक्तिगत स्वार्थको कुरा हाबी भएको बताए । अहिले दलहरु पूँजीवादीरुपमा प्रकट भएको बताउदै उनले मुख्यरुपमा वैचारिक र आपसी द्वन्द्व लगायतमा समस्या रहेको धारणा राखे । जसका विरुद्ध कडा संघर्ष गर्नुपर्ने उनको भनाइ छ ।

उनी २०१० सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्य भएको ८८ वर्षका छन् । आफ्नो राजनीतिक जीवन र योगदानबारे उनी भन्छन् – “सगरमाथाको आफ्नै मापदण्ड छ, कसैका लागि सम्पन्नता, कसैका लागि पैसा र कसैका लागि विचार महत्वपूर्ण हुन्छन्, मेरो मापदण्ड बेग्लै छ, जीवनमा उतारचढाव आउँछन्, आग्रह, पूर्वाग्रह, सम्मान, पैसा, पावरको पछि लाग्ने पनि राजनीतिज्ञ छन् । मेरो आफ्नो जीवन राजनीतिमा समर्पित गरेको छु । म मेरो जीवनलाई राजनीतिक वृत्तमा सफल र सार्थक भएको मान्दछु, उनले भने ।

सिहं अचेल “जलजला” नामक पुस्तक लेखनमा व्यस्त छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu