ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गठबन्धनको गीत गाउन बन्द गर्नुहोस् : अध्यक्ष नेपाल


एबीसी / संवाददाता
५ असार २०७९, आइतबार   १० : ४९   बजे

काठमाडौं, ५ असार । नेकपा (एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको गीत नगाउन पार्टी पङ्क्तिलाई निर्देशन दिनुभएको छ ।आज आइतवार समाजवादी प्रेस सङ्गठन नेपालले काठमाण्डौमा आयोजना गरेको सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै अध्यक्ष नेपालले पालिकामा आशा गरेअनुसारको परिणाम गठबन्धनबाट नआएकोले गठबन्धनको गीत नगाउन पार्टी पङ्क्तिलाई निर्देशन दिनुभएको हो ।

उहाँले भन्नुभयो, ‘गठबन्धनलाई जोगाउँदै अघि बढ्नुपर्नेछ । अब चुनावको तयारीमा जुट्नुपर्छ । ६ महिनाभित्र नै सम्भवतः चुनाव हुनेछ । पालिका चुनावमा हामी गठबन्धनतर्फ बढी आशावादी भयौँ तर सोचेजस्तो परिणाम आएन । गठबन्धनको गीत गाउन बन्द गर्नुहोस् । आफ्नो शक्तिप्रति गर्ने कुरामा जोड लगाउनुस् । सङ्गठन विस्तार गर्ने कुरामा लागिपर्नुस् ।’

अध्यक्ष नेपालले पालिका चुनावमा गठबन्धन पेचिलो हुने अनुभव बटुलेको भन्दै प्रदेश र प्रतिनिधि सभाको चुनावमा सिट बाँडफाँटमा कठिनाइ नहुने बताउनुभयो । उहाँले आउँदो प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा सहमति गरेर र सहमति नजुटेको ठाउँमा एक्ला–एक्लै चुनाव लड्ने बताउनुभयो । आउँदो चुनावसम्म गठबन्धन कायमै रहने र त्यसपछि पनि गठबन्धनलाई अघि लैजाने विषयमा छलफल भइरहेको उहाँको भनाइ छ ।

अध्यक्ष नेपालले स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) ले अहिले नयाँ तरङ्ग पैदा गरेको भन्दै जनता यसका लागि सचेत रहनुपर्ने बताउनुभयो । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको हित विपरीत सम्भौता नगर्ने प्रतिबद्धता जनाउनुभएको भन्दै शङ्का गरिरहन आवश्यक नरहेको पनि बताउनुभयो ।

अध्यक्ष नेपालले अहिले नेपालमा प्रतिगमनको कुरा धेरै उठिरहेको भन्दै आपत्ति जनाउनुभयो । उहाँले प्रतिगमन भनेको राजालाई सत्तामा ल्याउने कुरा भएको र अहिले देशमा धेरै ठूलो षड्यन्त्र चलिरहेको बताउनुभयो । अध्यक्ष नेपालले राजा ल्याउने कुरा किमार्थ सम्भव नरहेको भन्दै राजाहरूलाई देश लुटेर नपुगेकाहरूको संज्ञा पनि दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu