ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने,लामो समयदेखि अलमलमा रहेको नागरिकता विधेयक पास गर्नुपर्ने : शून्य समयमा सासंद


एबीसी / संवाददाता
६ असार २०७९, सोमबार   ५ : १७   बजे

काठमाडौँ, ६ असार । प्रतिनिधिसभा बैठकको शून्य समयमा सासंसदहरूले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्नुपर्ने, लामो समयदेखि अलमलमा रहेको नागरिकता विधेयक पास गर्नुपर्ने लगायतका समसामायिक विषय उठाएका छन् ।

नेकपा एमालेका सासंद नारायणप्रसाद मरासिनीले लगातारको मूल्यवृद्धिले जनताको ढाड सेकेको भन्दै सरकार लाचार र असंवदनशील भएको बताउनुभयो । उहाँले सरकारले आफ्ना कमजोरी लुकाउन लाज मात्र छोपेको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । नेपाली कांग्रेसकी सासंद पुष्पा भुसासले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको प्रत्यक्ष असर न्यून आय भयको वर्गामा परेको भन्दै सरकारले यथाशीघ्र विशेष अनुदानको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र) का सासंद देव गुरुङले नेपाल आयल निगमले निरन्तर बढाएको पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिएर यसको विकल्प खोज्न सरकारसँग माग गर्नुभयो । नेमकिपाका सासंद प्रेम सुवालले अमेरिकी सरकारले युक्रेनमा रुसविरुद्ध गरेको युद्धले विश्वव्यापी रूपमा इन्धनको मूल्य बढेको र खद्यान्न संकट भएकोमा पाँच दलिय गठबन्धन सचेत नभएको आरोप लगाउनुभयो । उहाँले संयुक्त राष्ट्रसंघमा नेपालले रुसविरुद्ध मत दिएकाले मूल्यवृद्धि भएको भन्दै त्यो गल्ती सच्याउनुपर्नेमा जोड दिनुभयो ।

नेकपा एमाले सासंद निरुदेवी पालले सरकराले मूल्य वृद्धिमात्र गरेर जनतालाई महंगी उपहार दिएको भन्दै व्यंग्य गर्नुभयो । यता एमाले सासंद थममाया थापाले सदन र संसदमा यौन हिंसाको विषयक उठिरहेको समयमा महान्यायाधवक्ताको कार्यालयले यस्तो मुद्दा कमजोर बनाउने खेल खेलेको आरोप लगाउनुभयो ।
यस्तै सासंदहरूले नागरिकता विधेयक पारित नहुँदा धेरै विद्यार्थी पठनपाठनबाटै बञ्चित हुनुपरेको सांसदहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group