काठमाडौँ, ६ असार । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका थप तीन जनामा हैजाको लक्षण देखिएको छ । अस्पतालको आईसीयूमा हिजो भर्ना भएका उनीहरूको एन्टिजेन परीक्षण गर्दा पोजिटिभ आएको अस्पतालका प्रवक्ता नवराज गौतमले जानकारी दिनुभयो ।
एन्टिजेन रिपोर्ट पोजिटिभ आए पनि उनीहरूको कल्चरको रिपोर्ट भने आउन बाँकी छ । बिरामीहरू ललितपुरका ५० वर्षीय पुरुष, सिन्धुपाल्चोकका २४ वर्षका पुरुष र कुलेश्वर काठमाडौंका ६५ वर्षीया महिला रहेको अस्पतालको भनाइ छ ।
यसअघि टेकु अस्पतालमा गत बिहीबार भर्ना भएका एकै परिवारका दुई महिलामा आइतबार हैजा संक्रमण पुष्टि भएको थियो ।
प्रतिक्रिया दिनुहोस्