काठमाडौँ, ७ असार । गृहमन्त्री बालकृष्ण खाँणले ब्यस्त कार्यशैलीकाबीच तनाव कम गर्न योग अपरिहार्य रहेको बताउनुभएको छ । विश्व योग दिवसको अवसरमा आर्ट अफ लिभिङ र सशस्त्र प्रहरी बलले आज काठमाडौंमा संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। गृहमन्त्री खाँणले योगले मानिसको जीवनशैली परिवर्तन गर्नुका साथै मानसिक र शारीरिक रुपमा तन्दुरुस्त राख्ने बताउनुभएको हो ।
मानवताका लागि योग भन्ने नारा तय गरिएको विश्व योग दिवसको अवसरमा आयोजना गरिएको शिविरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, सशस्त्रका अन्य पदस्थ अधिकृतहरुसहित करिब ५ सय जना सहभागी भएका थिए ।
प्रतिक्रिया दिनुहोस्