ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागबजारमा भाँडोमा भरेर राखेको पानीमा हैजा फैलाउने जीवाणु भेटियो, पानीको स्रोतमै परीक्षण गरिँदै


एबीसी / संवाददाता
९ असार २०७९, बिहिबार   ८ : ५२   बजे

काठमाडौं, ९ असार । काठमाण्डौको बागबजारका भाँडोमा थापेर राखेको धारा र ट्युबवेलको पानीमा इकोली र कोलीफर्म नामक जीवाणु भेटिएको छ ।इकोली र कोलीफर्म भएको पानी खाएकै कारण दुई जना दिदीबहिनीलाई हैजा भएको स्वास्थ्य विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर चुमनलाल दासले बताए। उनका अनुसार उनीहरुले पिउने पानीको नमुना परीक्षण गर्दा इकोली र कोलीफर्म नामक जीवाणु भेटिएको छ । धारा र ट्युबवेलबाट आएको पानीको नमुना परीक्षण गर्दा हैजामा पाइने जीवाणु भेटिएको उनले बताए।

भाँडोमा राखेको पानीको नमुना परीक्षणमा हैजा फैलाउने जीवाणु भेटिएकाले धाराको पानी र ट्युबवेलको पानीको स्रोतमा नै परीक्षण गर्न लागिएको डाक्टर चुमनलाल दासले बताए । उनका अनुसार पानीको स्रोत र वितरण केन्द्रमा नमुना परीक्षणका लागि टोली खटिसकेको छ ।हैजा देखिएको बागबजार क्षेत्रका अन्यमा भने अहिलेसम्म हैजाको लक्षण देखिएको छैन । तर, जोखिम उच्च रहेकाले वरिपरिका नागरिकलाई निगरानीमा राखिएको इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर चुमनलाल दासले जानकारी दिए । यस्तै, काठमाण्डौको टेकु अस्पतालमा उपचाररत अन्य दुई जनामा पनि हैजा पुष्टि भएकाले उपत्यकामा भित्रभित्रै हैजा फैलिएको हुनसक्ने आशङ्का गरिएको छ । यस्तै, उपचारमा रहेका अर्का व्यक्तिमा पनि हैजाको आशङ्का गरिएको छ । जोखिमयुक्त क्षेत्रमा पनि पानीको नमुना परीक्षण भइरहेको उनले बताए । ठाउँ ठाउँमा हैजाको सङ्क्रमण देखिन थालेकाले काठमाण्डौमा हैजा फैलने जोखिम बढेको छ ।खानपान र सरसफाइमा ध्यान नदिए प्रकोपकै रुपमा फैलने भन्दै सचेत रहन आग्रह गरिएको छ ।

सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनका अनुार सामान्यतया १० जनामा हैजाको सङ्क्रमण हुँदा दुई जना अस्पताल पुग्नु पर्ने अवस्था आउँछ । काठमाण्डौमा अहिले चार जनामा नै हैजा पुष्टि भइसकेको छ । त्यसैले हैजा फैलिएको हुन सक्ने आशङ्का गरिएको छ । छिटो फैलिने भएकाले एक जनामा हैजा देखिए पनि यसलाई ठूलो जोखिम मानिन्छ । भाइब्रियो कलेरा नामक ब्याक्टेरियाका माध्यमबाट लाग्ने हैजा पानीजन्य सरुवा रोग हो र यो दूषित पानी वा खाद्य पदार्थ सेवन गर्दा सर्छ ।सङ्क्रमण भएको एक घन्टादेखि पाँच दिनसम्म लक्षण देखिन्छ । तारन्तार चौलानी जस्तो सेतो पानी जस्तो देखिने दिसा लाग्ने, शरीर कमजोर हुने मांसपेशी बाउँडिने, बान्ता हुने र थकाइ महसुस हुने हैजाका लक्षण हुन् । यस्ता लक्षण देखिनासाथ घरमै प्राथमिक उपचार सुरु गरी तुरुन्त अस्पताल जानु पर्ने डाक्टर बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu