ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आकाश गंगामा १८ वर्ष पहिले देखिएको दृष्य फेरि देखियो


एबीसी / संवाददाता
१० असार २०७९, शुक्रबार   ७ : ३०   बजे

काठमाडौं, १० असार ।  पाँच ग्रह र चन्द्रमा एउटै लहरमा भएको अनुपम खगोलीय घटना पृथ्वीबाटै देखिएको छ । बुध, शुक्र, चन्द्रमा, मंगल, बृहस्पति र शनि ग्रह सूर्योदयभन्दा अगाडि एउटै बक्ररेखामा आएका हुन् ।

मौसम राम्रो भएर आकाश खुलेको ठाउँबाट ग्रहहरुको यो नौलो खगोलीय भेला पृथ्वीबाट नांगो आँखाले नै देख्न सकिने खगोलविदहरुले जनाएका छन् ।
नेपाल एस्ट्रोनोमिकल सोसाइटी ९नासो०का अध्यक्ष सुरेश भट्टराईले आकाश खुलेको ठाउँबाट हेर्दा आज बिहान करिब साढे चार बजेदेखि पौने पाँच बजेको बीचमा शनी, बृृहस्पती, मंगल, शुक्र र बुध पाँचै वटा ग्रह पृथ्वीबाट स्पष्ट देखिएको जानकारी दिए । बुध ग्रहबाहेक अन्य ग्रहहरु भने पौने चार बजेदेखि नै देखिएका थिए । शुक्र, मंगल, शनि र वृहस्पति ग्रह भने अगष्टको दोस्रो हप्तासम्म पनि देख्न सकिन्छ ।

‘यी ग्रहहरुको अनुपम दृष्य नांगो आँखाले नै देखिन्छ, टेलिस्कोप वा अरु कुनै विशेष उपकरण चाहिँदैन,’ भट्टराईले भने । दूरबिनको सहायताले हेर्दा शनि ग्रहको बाहिरको घेरा पनि देखिने उनको भनाइ छ । खगोलशास्त्रबारे जान्न र बुझ्न चाहनेहरुका लागि यो राम्रो अवसर भएको पनि भट्टराईले बताए ।

१८ वर्ष पहिले देखिएको थियो यस्तै दृष्य

आज बिहान सूर्योदय हुनुभन्दा केही घण्टाअघि बृहस्पति र त्यसपछि मंगल ग्रह देखा परेका थिए । सूर्योदय अघि शुक्र र सूर्योदयसँगै बुध ग्रह देखिएका थिए । शुक्र र बुध ग्रहको बीचमा रातो रंगको रोहिणी तारा थियो । रोहिणी पृथ्वीबाट देखिने १५ वटा चम्किला तारामध्ये एक हो ।

यी ग्रहहरू एउटै लहरमा १८ वर्षअघि अर्थात् सन् २००४ को डिसेम्बरमा देखिएका थिए । अब यी ग्रहहरु सन् २०४० मा एउटै लहरमा देख्न पाइने अमेरिकन एस्ट्रानोमिकल सोसाइटीले जनाएको छ ।सौर्यमण्डलमा रहेका ग्रहहरू सबैले आफ्नै कक्षमा सूर्यको परिक्रमा गरिरहेका हुन्छन् । यही क्रममा ती ग्रहहरु एउटै लहरमा आउने गरेका हुन् ।ज्योतिषीहरुले ग्रहहरु एउटै लहरमा आएको अवस्थालाई शुभ संकेतको रुपमा लिने गरिएको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवागढी आयोजनाबाट ९३ जना सम्पर्कविहीन, उद्धार टोली परिचालन

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ९०३ पुग्यो, ४ हजार २४७ अझै सम्पर्कविहीन

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu