ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश प्रमुखको काम के-के ? यस्तो छ संवैधानिक व्यवस्था


admin
३ माघ २०७४, बुधबार   ६ : ३४   बजे

काठमाडौं, ३ माघ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले ७ वटै प्रदेशका लागि प्रदेश प्रमुख तोकेको छ । प्रदेश नम्बर १ को प्रमुखमा गोविन्द सुब्बा, प्रदेश नम्बर २ मा रत्नेश्वरलाल कायस्थ , प्रदेश नम्बर ३ मा अनुराधा कोइराला, त्यस्तै प्रदेश नम्बर ४ मा बाबुराम कुँवर , प्रदेश नम्बर ५ मा उमाकान्त झा ,प्रदेश नम्बर ६ मा दुर्गा खनाल र ७ मा मोहनराज मल्ल प्रदेश प्रमुखमा तोकिएका छन् । उनीहरुलाई राष्ट्रपति विधादेवी भण्डारीले प्रदेश प्रमुखमा नियुक्त गर्नेछिन् ।

को हो प्रदेश प्रमुख ?

संविधानको धारा १६३ अनुसार प्रदेशमा नेपाल सरकारको प्रतिनिधि नै प्रदेश प्रमुख हो । सरकारको सिफारिसमा प्रदेश प्रमुख तोक्ने जिम्मेवारी राष्ट्रपतिको हो । प्रदेश प्रमुखको पदावदी सामान्यतया ५ वर्षको हुनेछ र प्रदेश प्रमुखलाई जुनसुकै बेला पनि फिर्ता बोलाउने अधिकार राष्ट्रपतिमा हुनेछ । राष्ट्रपतिले फिर्ता बोलाएमा वा सम्बन्धित व्यक्तिले राजीनामा दिएमा वा निजको मृत्यु भएमा पद रिक्त हुनेछ । यस्तो अवस्थामा राष्ट्रपतिले नयाँ प्रदेश प्रमुख नियुक्त गर्न सक्नेछ ।
संविधानको धारा १६३ मा उल्लेख भए अनुसार

प्रदेश प्रमुखको काम, कर्तव्य र अधिकार ?

राष्ट्रपतिले केन्द्रमा खेल्ने भूमिका र प्रदेशमा प्रदेश प्रमुखको भूमिकालाई समान्तर रुपमा लिन सकिन्छ । प्रदेश प्रमुखले राष्ट्रपतिबाट शपथ ग्रहण गरिसकेपछि प्रदेशसभा सदस्यहरुलाई शपथ खुवाउने छन् । तर त्यसअघि निर्वाचन आयोगले प्रदेशसभा निर्वाचनको परिणाम सम्बन्धित प्रदेशको प्रमुखलाई बुझाउनु पर्ने हुन्छ ।

संविधानमा उल्लेख भए अनुसार बहुमत प्राप्त दलको नेतालाई मुख्यमन्त्रीमा नियुक्त गर्न सक्ने अधिकार प्रदेश प्रमुखमा रहनेछ । यस्तै कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नसक्ने संविधानको धारा १६८ मा उल्लेख छ ।
संविधानको धारा १६८ मा उल्लेख भए अनुसार

माथि उल्लेख भएको धारा १६८ को उपधारा १ र २ अनुसार मुख्यमन्त्री नियुक्त हुन नसकेमा प्रदेश प्रमुखले सबैभन्दा बढी सदस्य रहेको दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्न सक्नेछन । संविधानमा व्यवस्था भए अनुसार यसरी नियुक्त हुने मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत हासिल गर्नुपर्ने छ ।

यदि विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेशसभालाई विघटन गरेर नयाँ निर्वाचन आह्वान गर्न सक्ने अधिकार पनि प्रदेश प्रमुखलाई हुनेछ ।
संविधानको धारा १८६ ९उपधारा ७ र ८०

यस्तै प्रदेश प्रमुखले प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुलाई पनि शपथ खुवाउने छन् ।


साथै संविधानको धारा १९९ ले प्रदेशसभाले पारित गरेको कुनै पनि विधेयक प्रमाणीकरण गर्ने अधिकार प्रदेश प्रमुखलाई दिएको छ ।

 

प्रदेश प्रमुखको सेवा सुविधा

प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधा सम्बन्धमा बनेको ऐन( २०७४ु मा व्यवस्था भए अनुसार प्रदेश प्रमुखले पारिश्रमिक, अतिथि सत्कार र भैपरी आउने खर्च गरेर मासिक १ लाख ४ हजार रुपैयाँ पाउने छन । जसमा पारिश्रमिकबापत ६४ हजार र अतिथि सत्कार र भैपरी आउने खर्चमा ४० हजार रुपैँया रहेको छ ।

पोशाक सुविधावापत वार्षिक १८ हजार पाउने साथै बिमा र दैनिक भ्रमण भत्ताको व्यवस्था पनि ऐनमा उल्लेख छ ।

यसको अतिरिक्त सरकारले बस्नका लागि आवास उपलब्ध गराउने छ भने ४ स्वकीय सचिवसहित १२ जनाको सचिवालय बनाउने सुविधा पनि प्रदेश प्रमुखलाई छ ।

ऐनमा भएको व्यवस्था

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group