काठमाडौँ, १० असार । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक फेरि सरेको छ । आगामी असार १५ गते बस्ने भनिएको बैठक असार १९ गते सारिएको पार्टी कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिनुभयो ।
यसअघि जेठ २० गते बस्ने भनिएको बैठक असार १५ गतेका लागि सारिएको थियो । केन्द्रीय समिति बैठकबाट अपूर्ण केन्द्रीय समितिले पूर्णता पाउने माओवादी केन्द्रले जनाएको छ । अरु पार्टी पोलिटब्युरो, स्थायी समिति र पदाधिकारी प्रदेश र संघको चुनावपछि गर्ने माओवादी तयारी छ ।
प्रतिक्रिया दिनुहोस्