ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बारपाक सुलिकोट गाउँ पालीकाको नीति तथा कार्यक्रम प्रस्तुत


एबीसी / संवाददाता
१० असार २०७९, शुक्रबार   ९ : ४७   बजे

गोरखा, १० असार । गोरखाको बारपाक सुलिकोट गाउँ पालीकाको नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । उक्त गाउपालिकाले आज आव २०७९/०८० को निती तथा कार्यक्रम प्रस्तुत गरेको हो । आव  २०७९/८० को निमित्त पचपन्न करोड एकाउन्न लाख पन्चानब्बे हजुर बजेट बनाएको छ ।

बारपाक सुलिकोट गाउँ पालीका भित्रको गौरबको योजना हरूमा बारपाक ढल निकास आयोजना, घ्यामेसाल देउराली ताकुकोट सडक, ताकुकोट स्वाँरा सौरपानी बारपाक सडक, शहीद प्रेम ढकाल स्मृति हस्पिटल, शहीद आसकाजी श्रेष्ठ स्मृती रंगशाला, शहीद दिलबहादुर रम्तेलका स्मृतिपार्क, सबै वडाहरूमा घुम्ती अल्ट्रासाउण्ड उपलब्ध गराई गर्भवती महिलालाई गाउँ घरमा नै सुविधा उपलब्ध गराउने, मासिक र दिर्घ रोगिलाई निशुल्क रुपमा स्वाथ्य चौकीबाट औषधी उपलब्ध गराउने बारपाक सुलिकोट गाउँ पालीका भित्र २४ घण्टा स्वास्थ्य सेवा प्रदान गरिनेछ ।

गाउँ पालीका आगामी तिन बर्ष भित्र २५ देखि ६५ वर्षका सबै महिला हरुको गाउँ पालीका भित्र रहेका सबै महिलाहरूको पाठेघर क्यान्सर जाँच गरिने , गाउँ पालीका भित्रका सबै पाँच बर्ष मुनिका बालबालिकाहरु लाई कुपोषण दर शुन्य बनाउने, गाउँ पालीका भित्र रहेका सबै जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुलाई घरदैलोमा र टोल– टोलमा पुगेर स्वाथ्य सेवा प्रदान गरिने गाउपालिको नीति तथा कार्यक्रममा समेटिएको छ ।

गाउपालीकाले निशुल्क औषधी उपलब्ध गराउने युवा उधम बिकास कार्यक्रम संचालन गरी एक टोल एक युवा उधम समुह निर्माण गरी लगानी गर्ने वडा पालीका स्तरिय खेलकुद प्रतियोगिता कार्यक्रम गर्ने, एक वडा एक खेलकुद मैदान बनाउने,लगायत धेरै जनमुखी योजना सार्वजनिक गरिएको छ ।बारपाक सुलिकोट गाउँ पालीका अध्यक्ष बिष्णु भट्टको यो दोस्रो कार्यकाल हो । पहिलो कार्यालयमा गोरखा जिल्ला भरिको नमुना गाउँ पालीका बनाउन सफल हुनुभएको बारपाक सुलिकोट अध्यक्ष बिष्णु भट्ट अहिले सबै गोरखा जिल्लाको ध्यान बारपाक सुलिकोटमा केन्द्रीत भएको बताउनुभयो । उपाध्यक्ष सनमाय गुरुङ को संयोजकत्वमा एक जना वैकल्पिक सदस्य रहनेगरी चार सदस्य न्यायिक समिति समेत गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group