माघ ३। यूट्यूबले नयाँ नियम लागू गरेको छ ।अब स–साना फूटेज भिडियो र सामान्य तरिकाबाट युट्यूबमा पैसा कमाउन त्यति सजिलो छैन् । रमाइला भिडियो र अर्काका भिडियो चोरेर तोडमरोड गर्दै आफ्नो बनाएर पैसा कमाउनेका लागि युट्यूब त्यति सहज छैन अब । यसले गर्दा युट्यूबर बनेर पैसा कमाउने सोच बनाएका व्यक्तिलाई निराश बनाएको हुन सक्छ ।
त्यसो त अर्काका कन्टेन्ट पढेर भिडियो बनाएर पैसा कमाउनेका लागि युट्यूबले यसो गर्नु ठिकै पनि हो । अब दर्शकलाई झुक्काएर भिडियो पोस्ट गर्नेलाई सले पक्कै निरुत्साहित बनाउँछ ।
युट्यूबको नयाँ नियमले गर्दा अब गुणस्तरीय र जानकारीमूलक भिडियो दर्शकले हेर्न पाउनेछन् । नयाँ नियमले भ्रम फैलाउनेलाई पनि कडाई गरेको छ । केही साताअघि मात्रै जापानको एउटा जंगललाई आत्महत्या गर्ने थलोको रुपमा चिनाउँदै भ्रम फैलाइएको एउटा भिडियो युट्यूबले हटाएको छ ।
युट्यूबबाट १० हजार भिवर भएपछि पैसा पाइने नियम अब नयाँ नियममा बदलिएको छ । अब युट्यूबबाट पैसा कमाउन च्यानलको एक हजार सब्स्क्राइबर हुनुपर्ने र ४ हजार घण्टासम्म भिडियो हेरेको हुनुपर्ने नयाँ नियम लागु भएको छ ।
पैसा कमाउने उद्देश्यले युट्यूबमा जथाभावी भिडियो राखिएको भन्दै युट्यूबले नियमलाई कडाइ गर्दै बुधबारदेखि लागु गर्ने गरी नयाँ नियम बनाएको हो ।
प्रतिक्रिया दिनुहोस्