काठमाडौं, ४ माघ । निर्वाचन आयोगले राष्ट्रियसभा चुनावका लागि तोकिएका निर्वाचन अधिकृतसहितका न्यायाधीशसँग बिहीबार छलफल गर्दैछ ।
राष्ट्रियसभा चुनाव संचालन र व्यवस्थापनका विषयमा निर्वाचन अधिकृतलाई जानकारी गराउन निर्वाचन आयोगमा बिहान १० बजे छलफल हुने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । निर्वाचन प्रणाली, मतदान गर्ने तरिका र मतगणना कसरी गर्ने भन्ने बारेमा छलफल गर्ने ढकालले बताए ।
सरकारले प्रदेश प्रमुख तोकेपछि राष्ट्रियसभाको चुनावी प्रक्रिया तीब्र गतिमा अघि बढेको आयोगले जनाएको छ । आयोगले गएको पुस २६ गते सातवटै प्रदेशमा उच्च अदालत रहेका जिल्लाका न्यायाधीशलाई निर्वाचन अधिकृत तोकेको थियो ।
प्रतिक्रिया दिनुहोस्