ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ल्होछारको अवसरमा राष्ट्रपतिबाट शुभकामना, काठमाडौंको भृकुटीमण्डपमा आज मनाइँदै


admin
४ माघ २०७४, बिहिबार   ९ : ५१   बजे

काठमाडौं, ४ माघ । आज मनाउने भनिएको सोनाम ल्होछार विवादमा परेको छ । तथापि आज सरकारले ल्होछारको अवसरमा सार्वजनिक विदा दिएको छ ।

विभिन्न पात्रोका आधारमा व्याख्या विश्लेषण र विश्वास गर्दा ल्होछार विवादमा परेको हो ।

विवादका बीच तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

मञ्जुश्री पात्रोअनुसार आजदेखि चरा वर्ष पूरा गरी कुकुर वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ ।

मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको बौद्धनाथ क्षेत्र विकास समितिका पूर्वअध्यक्ष एवं तामाङ समुदायको चाड पर्वका विषयमा खोज गरिरहनुभएका सम्पूर्णकुमार लामाले जानकारी दिनुभयो ।

ल्होछारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएकाले तामाङ समुदाय प्रकृतिपूजक रहेको अर्का अनुसन्धानकर्ता टीका शेर्पाले बताउनुभयो ।

यसअवसरमा नेपाल तामाङ राष्ट्रिय घेदुङलगायत संस्थाले काठमाडौंको भृकुटीमण्डपमा विशेष कार्यक्रमको आयोजना गर्ने जनाइएको छ । सोनाम ल्होछार महोत्सवका नाममा तामाङ खाना, वेषभूषा, कला संस्कृतिलगायतको प्रदर्शन गरिनेछ ।

ल्होछार समारोहमा सहभागी हुनका लागि आयोजकले सबैमा अनुरोध गरेको छ ।

राष्ट्रपतिबाट शुभकामना
राष्ट्रपति विद्यादेवी भण्डारीले सोनम ल्होछार २०७४ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण तामाङ दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

आज एक शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले विविधताले भरिपूर्ण समृद्ध नेपाली संस्कृतिभित्रको तामाङ जाति तथा समुदायले मनाउने चाड पर्व र अपनाएको साँस्कृतिक परम्पराको बेग्लै महत्व रहेको उल्लेख गर्नुभएको छ ।

यस्ता चाडपर्वले राष्ट्रिय एकता सुदृढ पार्न र जातजातिबीच सामाजिक सद्भाव अभिवृद्धि गर्न सफल हुने विश्वास व्यक्त गर्दै राष्ट्रपति भण्डारीले यस्ता चाडपर्व र संस्कृतिको संरक्षण तथा सम्बद्र्धन गर्न सके विश्वसामु नेपाल र नेपालीको पहिचान सदा कायम राख्न सकिने बताउनुभएको छ ।

 

सोनम ल्होछार पर्वले सबै नेपालीमा नयाँ उत्साह र उमंग बढाओस् र देशमा शान्ति, समृद्धि र सहिष्णुता कायम गरी आर्थिक र सामाजिक रुपले समृद्ध नेपाल निर्माण गर्ने महाअभियानमा लाग्न सबैमा प्रेरणा मिलोस् भन्ने कामना पनि राष्ट्रपति भण्डारीले गर्नुभएको छ ।

तामाङ समुदायमा यस पर्वलाई नयाँ वर्ष र न्वागी पूजाका रुपमा हर्षोल्लासका साथ आपसमा मनोरञ्जन र खुशी साटासाट गरी मनाउने प्रचलन छ ।

ल्होछार समरोहको एबीसी टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवा र खड्का सर्वोच्चमा

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीसँग छलफल गर्ने मेयर्स फोरमको निर्णय

सम्बन्धित

सप्तरीमा दुई वर्षीया बालिकाको हत्या, कान्छी आमा पक्राउ

नेप्से लगातार दोस्रो दिन घट्यो, ४ अर्ब १० करोडको कारोबार

वीरगन्ज चिनी मिल पुनः सञ्चालनबारे अध्ययन गर्न कार्यदलको स्थलगत निरीक्षण

जेनजी आन्दोलनका बेला हिरासतबाट भागेका व्यक्ति जबरजस्ती करणी आरोपमा पक्राउ

नेप्से ५.३० अंकले घट्यो, कारोबार रकम ४ अर्ब नाघ्यो

३६ वर्षको अनुभव सुनाउँदै अञ्जन श्रेष्ठको चेतावनी : ‘अर्थतन्त्र यस्तो कठिन अवस्थामा कहिल्यै देखेको थिइनँ’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu