काठमाडौं, ४ माघ। बैंककमा स्वास्थ्य परीक्षण गरेर स्वदेश फर्किएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले तोकेका प्रदेश प्रमुख र अस्थायी राजधानीमा आफूहरुको सहमति नरहेको बताएका छन् ।
बैंककमा स्वास्थ्य परीक्षण गरेर आज बिहीबार स्वदेश फर्किएका ओलीले आफ्नो स्वास्थ्य ठीक रहेको बताएका छन्।
उनले सरकारलाई प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न सरकारलाई सहमति दिएको तर, व्यक्ति र स्थानमा सहमति नरहेको बताए । उनले भने, ‘तोक्नु भन्ने सहमति हो । सरकारले गरेका निर्णयमा सहमति छैन ।’ प्रदेश प्रमुखहरु हटाउनुहुन्छ भन्ने संचारकर्मीको जिज्ञासामा उपयुक्त समयमा उपयुक्त निर्णय लिने जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्