ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोडेल स्कुलको होस्टेलमा क्यान्टिनमा काम गर्ने महिला मृत फेला


एबीसी / संवाददाता
१९ असार २०७९, आइतबार   ८ : २७   बजे

काठमाडौं, १९ असार ।  बुद्धनगर स्थित काठमाडौं मोडेल स्कुल (केएमसी स्कुल)को होस्टलमा क्यान्टिनमा काम गर्ने २१ वर्षीया रमा रायमाझीको शव झुन्डिएको अवस्थामा भेटिएको छ। जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीका अनुसार उनी केएमसीको क्यान्टिनमै कार्यरत थिइन्।

काभ्रे जिल्ला तेमाल गाउँपालिका ७ मेच्छे स्थायी घर भएकी उनको शव शनिबार बेलुकी स्कुलभित्र होस्टेलमा झुन्डिएको अवस्थामा भेटिएको हो। मैनाली भन्छन्, ‘स्कुलको ग्राउण्ड फ्लोरमा रहेको होस्टलको रुममा उनी मृत भेटिएकी हुन्। उनको हत्या भएको भन्दै आफन्तले शव उठाउन दिएका छैनन्। घटनाको अनुसन्धानका लागि प्रहरी टोली शनिबार राती नै केएमसी पुगेको थियो। घटनाको अनुसन्धान भैरहेको छ।’रायमाझी विगत ५ वर्षदेखि सोही विद्यालयको क्यान्टिनमा कार्यरत थिइन्। शनिबार बेलुका ७ ३० बजेसम्म कोठामा नपुगेपछि आफ्न्तले खोजी गरेका थिए। घटना भैसकेपछि विद्यालयले गल्स होस्टलको विद्यार्थी ब्वाइज होस्टलमा सारेको छ । पारिवारका अनुसार उनी बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सोही होस्टलमा काम गर्थिन्। मृतककी ३ दिदी बहिनी र १ जना दाजु छन्। उनी जेठी छोरी हुन् । आमाबुबा भने गाउँमै खेती गर्छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

न्यायपालिकामाथि राजनीतिक हस्तक्षेप बढेको भन्दै तीन अन्तर्राष्ट्रिय संस्थाको चिन्ता

सरकार एकैदिनमा उल्ट्याउन सकिँदो रहेछ, चारैतिरबाट घेरा हालौं– प्रचण्ड

सम्बन्धित

न्यायपालिकामाथि राजनीतिक हस्तक्षेप बढेको भन्दै तीन अन्तर्राष्ट्रिय संस्थाको चिन्ता

बाल मन्दिर ठगी प्रकरणमा ८ जनाविरुद्ध मुद्दा दायर

वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

बेदिका केसी राति नै छुटिन्, १० बजे सरकारी वकिलको कार्यालयमा हाजिर हुने शर्त

महोत्तरीमा खाना खाँदाखाँदै होटल कर्मचारीको मृत्यु, ताप्लेजुङमा फलैँचाबाट लडेर युवकको ज्यान गयो

संस्थापनइतर समूहले कार्यक्रमका नाममा निन्दा प्रतियोगिता चलाए : गगन थापा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu