अध्यक्ष प्रचण्डलाई भेट्न दिनहुँ सयौंको संख्यामा नेता, कार्यकर्ता र सर्वसाधारणको भीड लाग्न थालेपछि सबै भेटघाटको कार्यक्रम पेरिसडाँडाबाट गर्न लागिएको हो। प्रचण्डको सचिवालयले दिएको जानकारीअनुसार प्रचण्ड आफैंले बोलाएका व्यक्तिले बाहेक अरुले खुमलटार निवासमा भेट पाउने छैनन् ।
पार्टी कार्यालयबाटै भेटघाट गर्दा त्यसले समयको व्यवस्थापन गर्न, पार्टीका अन्य नेताहरुलाई पनि जिम्मेवारी दिन सजिलो हुने भएकाले प्रचण्डसँगको परामर्शमा सचिवालयले यस्तो निर्णय गरेको हो ।
सचिवालयले अध्यक्ष प्रचण्डसँग भेटघाटको समयका लागि केन्द्रीय कार्यालयका मुख्य सचिव प्रहलाद बुढाथोकी, कार्यालय सचिवहरु श्रीराम ढकाल, प्रकाश पोखरेल वा कार्यालयकाे फाेन ०१-४६०२२९०, ०१-४६०२२८८ मा सम्पर्क गर्न अनुरोध गरेको छ।
प्रतिक्रिया दिनुहोस्