ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ नेता जियान्चाओबीच भेट


एबीसी / संवाददाता
२६ असार २०७९, आइतबार   ६ : २५   बजे

काठमाडौं, २६ असार ।   नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्नुभएको छ । चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख जियान्चाओले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेलगत्तै आइतबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पुगेर परराष्ट्रमन्त्री खड्कासँग भेटवार्ता गर्नुभएको हो ।

परराष्ट्र मन्त्रीलाई भेट्न जियान्चाओसहित ७ सदस्यीय भ्रमण टोली सिंहदरबार पुगेको थियो । परराष्ट्र मन्त्रालयका अनुसार उहाँले भोली (सोमबार) राष्ट्रपति विद्यादेवी भण्डारी, प्रमुख प्रतिपक्ष दलका नेता नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहितका नेताहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिका भ्रमणमा जाने तयारी भईरहेका बेला चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख जियान्चाओको नेपाल भ्रमणलाई रुचिपूर्वक हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुई दशकदेखि सास वा लाशको पर्खाइमा बेपत्ता परिवार

रसुवा बाढी : ८२३ शव भेटिए, ३२ जनाको मात्रै सनाखत

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu