ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालकोटमा यसरी बित्यो चिनियाँ नेता लिउको साढे चार घण्टा


एबीसी / संवाददाता
२८ असार २०७९, मंगलबार   ४ : ५०   बजे

 

काठमाडौं, २८ असार  । चार दिने नेपाल भ्रमणमा रहनु भएका चिनियाँ कम्युनिस्ट पार्टी ९सीपीसी० विदेश विभागका प्रमुख लिउ चियानछाओले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा साढे चार घण्टा भन्दा बढी समय बिताउनु भएको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओली निवासमा चिनियाँ उच्च नेताले चार घण्टा समय ब्यतित गरी दुई पार्टीबीचको मित्रता निकै कसिलो रहेको सन्देश प्रवाह गरिएको हो । चिनियाँ नेता लिउ नेतृत्वको टोली आज बिहान १० बजे बालकोट पुगेको थियो भने निस्कदा आएर साढे २ बजेको थियो ।

ओली निवास बालकोटमा उहाँ नेतृत्वको एमालेको टोली र लिउ नेतृत्वमा रहेको सीसीपीको टोलीबीचमा लामो छलफल भएको छ । भेटवार्तामा सहभागी स्थायी कमिटी सदस्य एवं परराष्ट्र मामिला बिभाग प्रमुख डा। राजन भट्टराईका अनुसार दुई पार्टीबीच द्विपक्षीय कुराकानी भएको छ । उहाँका अनुसार लिउ उक्त अवसरमा झन्डै साढे एक घन्टा लन्च खान समय लागेको थियो ।

भेटमा लिउसँग ओलीले नेपाल र चीनबीच कुनै पनि समस्या नरहेको बताउनु भएको छ । ‘नेपाल र चीनबीचको सम्बन्ध समस्यारहित छ । विगतदेखि नै हामी एक चीन नीतिमा अडिग छौं र विगतमा जस्तै नेपाली भूमिमा चीनसहित हाम्रो कुनै पनि मित्रराष्ट्रहरुविरुद्ध गतिविधि हुन दिदैनौं,’ ओलीको भनाइलाई उद्धृत गर्दै भट्टराईले भन्नुभयो ।

भेटमा अध्यक्ष ओलीले लिउलाई राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय परिवर्तन आउँदासमेत एमालेको चीन नीति उही रहने प्रस्ट पार्नुभएको छ । ‘हामी पारस्परिक समानता र लाभको आधारमा सम्बन्ध राख्छौं,’ ओलीको भनाई थियो । ओलीले चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) लाई इंगित गर्दै नेपाल र चीनबीच भएको सहमतिहरुलाई अघि बढाउन पर्नेमा जोड दिनुभएको छ । ‘हिजो दुवै मुलुकको हितको लागि हामीले जे–जे सहमति गरेका थियौं, त्यसलाई अघि बढाउन जरुरी छ,’ ओलीको भनाइ थियो ।

चिनियाँ नेता लिउले नेपाल, नेपाली जनता र एमालेले एक चीन नीतिप्रति खेलेको भूमिकालाई लिएर प्रशंसा गर्नुभएको थियो । आफ्नो धारणा राख्नेक्रममा लिउले चीनले कुनै पनि देशमा हस्तक्षेप नगर्ने र नेपालमा पनि त्यो नहुने प्रस्ट पारेको भट्टराईले जानकारी दिनुभयो ।

‘चीनले नेपाललाई विकास साझेदार रूपमा बढाउँदै आएको छौं र अरु थप अघि बढाउन चाहन्छ,’ लिउको भनाइ थियो, ‘चीनले आफै हिसाबले मार्क्सवादलाई व्याख्या गरेको र नेपालमा तपाईंहरुले आफ्नै हिसाबले व्याख्या गर्नु भएको छ । हामी आ–आफ्नो हिसाबमा अघि बढेका छौं ।’ लिउले एमालेले चीनमाथि लिएको नीतिलाई लिएर उच्च प्रसंसासमेत गर्नुभएको थियो ।

भेटबार्तामा एमालेका तर्फबाट अध्यक्ष ओलीसहित उपमहासचिवद्वय प्रदीप ज्ञवाली र बिष्णु रिमाल, परराष्ट्र मामिला बिभाग प्रमुख भट्टराई, सचिव डा. अञ्जान शाक्यलगायतका नेताहरु सहभागी हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सम्बन्धित

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group