ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘रुटिन अफ नेपाल बन्द’लाई महानगरको एक करोड


एबीसी / संवाददाता
३० असार २०७९, बिहिबार   ९ : ३६   बजे

काठमाडौँ, ३० असार ।   काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह ९बालेन०लाई निर्वाचनमा अनलाइन र सामाजिक सञ्जालको प्रयोग गरी सघाउने ‘रुटिन अफ नेपाल बन्द’लाई एक करोड बजेट विनियोजन गरिएको छ ।
नगरपरिषद् बैठकले पारित गरी छपाइका क्रममा रहेको बजेट पुस्तिकाका अनुसार मेयर साहले आफ्नै निजी खर्चले बनाउने भनेको अनिल अधिकारी (यमबुद्ध)को सालिकका लागि पनि महानगरकै १५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

निर्वाचनमा प्रचार गर्ने रुटिन अफ नेपाल बन्दका सञ्चालकले सुरु गरेको ई–स्पोर्ट्स (मोबाइल गेम) प्रतियोगिता आयोजना गर्न एक करोड रुपैयाँ विनियोजन गरिएको हो ।

महानगरपालिकाको बजेट तथा कार्यक्रमको मस्यौदाको ८८२ नम्बरको बुँदामा खेल आयोजना गर्न उक्त रकम विनियोजन भएको प्रमाण हेर्न सकिन्छ । नेपालमा अनलाइनबाट खेलाइने खेलका लागि एक करोड रुपैयाँ विनियोजन गर्नु आश्चर्यको विषय बनेको छ ।

करिब ३५ लाख फलोअर्स रहेको रुटिन अफ नेपाल बन्दको नाममा खर्च गर्दा कार्यकालिकालाई जानकारी हुन सक्ने भन्दै मेयर बालेनले अनलाइन खेलको नाममा १ करोड रुपैयाँ विनियोजन गरेको कामपाका उच्च अधिकारीले बताएका छन् । उक्त रकम सामाजिक विकास विभाग र भवन, आवास र सहरी विकास उपक्षेत्र शीर्षकमा विनियोजन गरिएको छ ।

१०८ पेज लामो पुस्तिकामा मेयर साहले नगरपरिषद् सदस्यलाई दबाब र प्रभावमा पारी आफूलाई निर्वाचनमा सहयोग गर्ने संस्थालाई विनियोजन गरेको महानगरका पुराना कर्मचारीहरुको गुनासो छ ।

उक्त ई–स्पोर्ट्स नेपालमा भर्खरभर्खर चर्चामा आएको विषय हो भने अझ धेरै अभिावकहरु छोराछोरी ई–स्पोर्ट्सका कारण बिग्रिएको भनेर हैरानी जनाइरहेका छन् । आम अभिभावकहरु छोराछोरी मोबाइल गेमका कारण बिग्रिएको र कतिपय बालबालिकामा समस्या देखिएको अवस्थामा महानगरपालिकाले नै यसरी रकम लगानी गर्ने विषयमा अरु जनप्रतिनिधिहरु भने असन्तुष्ट रहेका छन् ।

उनीहरुले अन्य खेल संघहरुलाई गर्ने सहयोग र ई–स्पोर्ट्सलाई गर्ने सहयोग समान १ करोड भएकोमा पनि असन्तुष्टि जनाएका छन् । ई–स्पोर्ट्स राष्ट्रिय खेलकुद परिषद् ९राखेप० मा दर्ता पनि भएको छैन ।

त्यसैगरी, र्‍यापर यमबुद्धको शालिक निर्माण गर्न १५ लाख रुपैयाँ विनियोजन गरिएको छ । बजेट पुस्तिकाको ८६६औँ नम्बर बुँदामा विनियोजन भएको प्रमाण छ ।

उक्त रकम पनि सामाजिक विकास विभागअन्तर्गत रहेको छ । महानगरको बजेटबाट सालिक निर्माण गर्ने उल्लेख भएपछि मेयर बालेनको चर्को विरोध भएको थियो । त्यसलगत्तै उनले आफ्नै खर्चमा सालिक बनाउने उद्घोष गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu