ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेले सार्वजनिक गर्यो महाप्रसाद अधिकारी पार्टीमा संलग्न नभएका दुई पत्र


एबीसी / संवाददाता
३० असार २०७९, बिहिबार   २ : २२   बजे

काठमाडौं, ३० असार ।  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भूमिगत नामसहित नेकपा एमालेमा क्रियाशील रहेको चर्चा भइरहेका बेला बिहीबार दुईवटा पत्र सार्वजनिक भएका छन्। स्थायी कमिटी सदस्य घनश्याम भुसाल प्रमुख रहेको अर्थ तथा योजना विभागमा खोटाङ निवासी एम अधिकारी पनि सदस्य रहेको विवरण सार्वजनिक भएपछि ती व्यक्ति गभर्नर अधिकारी नै रहेको ठहरसहित तीव्र आलोचना भएको थियो।अर्थमन्त्रालयबाट राजीनामा दिन बाध्य जनार्दन शर्मासँग सुरुमा विवादमा जोडिएका अधिकारी भूमिगत नामसहित एमालेको अर्थ विभाग सदस्य हरेको भन्दै माओवादी केन्द्रले उनको राजीनामा नै मागेको थियो।महाप्रसादविरुद्ध सदनदेखि सडकसम्म माओवादी कार्यकर्ता हरुको स्वर चर्को भइरहेका बेला एमालेले बिहीबार दुईवटा पत्र सार्वजनिक गरेको छ।

को हुन् एमालेका मिस्टर एम. अधिकारी ?

भुसाल नेतृत्वको अर्थ तथा योजना विभागमा रहेका एम अधिकारी को हुन् भन्ने उत्तर नदिइ एमालेले गभर्नरलाई भने जोगाउने प्रयास गरिरहेको छ। यस्तोमा एमाले केन्द्रीय कार्यालय च्यासलबाट बिहीबार दुईवटा पत्र सार्वजनिक भएका छन्। जसमध्ये पहिलोमा महाप्रसादले सिमपानी–१ खोटाङको ठेगाना उल्लेख गरे २०७३ जेठ २५ गते नै आफूलाई अर्थ तथा योजना विभागको सदस्यका रुपमा मनोनित गरिएकोप्रति ध्यानाकर्षण गर्दै आफू कुनै दलमा नरहेको उल्लेख गरेका छन्। मलाई एमालेको अर्थ तथा योजना विभागमा राखिएकोबारे औपचारिक जानकारी आएको छैन। त्यहाँ राखिएको नाम मेरो नभई अन्य कुनै व्यक्तिको हुन सक्छ, उनले भनेका छन्, कथम् कदाचित उक्त नाम मसँग सम्बन्धित रहेको भए म कुनै पनि राजनीतिक दलको सदस्य नरहेको र हाल त्यस्तो सदस्यता लिने मनसाय समेत नरहेकाले उक्त नाम हटाइदिन हार्दिक अनुरोध गर्दछु।

महाप्रसादको उक्त ध्यानाकर्षण पत्रपछि एमालेका केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले १० असार २०७३ मा त्यसको जवाफ दिएका छन्।

तपाईंले आफू पार्टी केन्द्रीय अर्थ तथा योजना विभागको सदस्य नरहेको भनि दिएको पत्रका आधारमा पार्टीको केन्द्रीय अर्थ तथा योजना विभागका सदस्यहरुको नाम रुजु गर्दा उक्त नाम भूलवश पर्न गएको र सो नाम अन्तिम नामावलीमा नरहेको हुँदा तपाईंको यस विभागसँग कुनै सम्बन्ध नरहेको व्यहोरा अवगत गराउँदछु, श्रेष्ठले अधिकारीलाई लेखेको पत्रमा भनिएको छ।

एमालेले हालै घनश्याम भुसालको संयोजकत्वमा गठन गरेको अर्थ योजना विभागका एकजना सदस्यको वास्तविक नाम लुकाएर भूमिगत कालमा जस्तै ‘टेक नेम’ प्रयोग गरिएको भेटिएपछि विवाद भएको थियो। एमालेको यसै साता बसेको बैठकले विभिन्न विभागहरु गठन गरेको थियो। त्यसमध्ये भुसालको संयोजकत्वमा गठित अर्थ तथा योजना विभागको एकजना सदस्यमा ‘एम. अधिकारी खोटाङ’ लेखिएको थियो। एम. अधिकारी अरु कोही नभएर राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नै रहेको धेरैको दाबी थियो।

गर्भनर अधिकारी खोटाङको सिमपानीका हुन्। उनी विगतमा पनि एमालेको विभिन्न जिम्मेवारीमा रहँदै आएको एमाले नेताहरुले बताउँदै आएका थिए। यसअघि गभर्नर अधिकारी एमालेको विभागीय सदस्यमा नियुक्त भएकोमा खोटाङ नै घर भएका अर्थ राजनीतिक विश्लेषक हरि रोकाले सामाजिक सञ्जालमा बधाई दिएका थिए। यसअघि निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले गर्भनर अधिकारीबाट सरकारलाई असहयोग भइरहेको आरोप लगाएका थिए। गर्भनर अधिकारीले केपी ओलीको कुरा सुन्ने र एमालेबाट परिचालित हुने गरेको शर्माले आरोप लगाएका थिए। यसअघि गर्भनर अधिकारीले आफू एम. अधिकारी होइन भनेर स्पष्टीकरण दिएका थिए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group