ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फूलकुमारी महतो मेमोरियल अस्पतालमा शल्यक्रिया सहितको आँखा उपचार सञ्चालन हुने


एबीसी / संवाददाता
१ श्रावण २०७९, आइतबार   ७ : ५२   बजे

काठमाडौँ, १ साउन । सिराहाको फूलकुमारी महतो मेमोरियल अस्पतालमा अब आँखाको शल्यक्रिया सहितका सेवा उपलव्ध हुने भएको छ । अस्पतालले तिलगंगा आँखा प्रतिष्ठानको सहयोगमा आँखा विभाग स्थापना गरि शल्यक्रिया सहितको सेवा उपलव्ध गराउने तयारी गरेको छ ।

शुक्रबार तिलगंगामा आयोजित एक कार्यक्रममा अस्पताल र नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानबीच एक सम्झौँता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा फूलकुमारी महतो मेमोरियल अस्पतालको तर्फबाट अध्यक्ष डा.उपेन्द्र महतो र नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानको तर्फबाट कार्यकारी निर्देशक डा. सन्दुक रुइतले हस्ताक्षर गरेका छन् ।

सो पत्रमा फूलकुमारी मेमोरियल अस्पतालमा रहेको आँखा विभागलाई स्तरोन्नत्ती गरी आखाको शल्यक्रिया सेवा लगायतका कार्यक्रम संचालन गर्ने भन्ने रहेको छ ।

यस्तै सम्झौँता पत्रमा अस्पतालमा रहेको आँखा विभागलाई सुदृढीकरण गरी आँखाको शल्यक्रिया सेवा समेत संचालन गर्ने, उपयुक्त भौतिक पुर्वाधार एवं आँखाको बहिरंग विभागमा आवश्यक पर्ने आँखा जाँच मेशीन औजारको बन्दोवस्त गर्ने लगायतका व्यवस्था छ ।

यसैगरी आँखा उपचारका लागी यदि थप भवन निर्माण गर्नु परेमा निर्माण गर्ने, प्रतिष्ठानको व्यवस्थापनमा रहेको श्री रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठान, विराटनगर मार्फत उच्च प्रविधि र कुशल चिकित्सक सहितको टोलीबाट आँखाको शल्यक्रिया एवं अन्धोपन निवारण सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने समेत भनिएको छ ।

यसैगरी सम्झौँता पत्रमा प्रतिष्ठानले गुणस्तरीय आँखा उपचारको शल्यक्रिया सेवा प्रदान गर्ने सिलसिलामा समय समयमा आँखा स्वास्थ्य शिविर लगायतका विभिन्न सेवाहरु प्रदान गर्ने र शल्य चिकित्साका लागि आवश्यक जनशक्ति, उपकरण, औषधि तथा सर्जिकल सामग्रीहरु उपलव्ध गराउने आदि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group