ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारत लैजाँदै गरेको ८ ट्रक सुपारी प्रहरी नियन्त्रणमा


एबीसी / संवाददाता
६ श्रावण २०७९, शुक्रबार   १२ : ५४   बजे

काठमाडौं, ६  साउन ।  भारत लैजान तयार गरिएको ८ ट्रक सुपारी प्रहरीले नियन्त्रणमा लिएको छ । विराटनगर महानगरपालिका–१८ बुधनगर हुँदै भारततर्फ लैजान लागिएको ८ ट्रक सुपारी बिहीबार राति प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले नियन्त्रणमा लिएको सुपारी २ हजार ६७८ बोरा छ । ८ वटा ट्रकमा २ लाख १९ हजार ५९६ किलोग्राम सुपारी रहेको प्रहरीले बताएको छ ।युपी ४५ टी १६२४, एमपी ०९ एचजी ८३२०, एमपी २२ एच १०३१, युपी ५० बिटी ७२७७, युपी ६२ बिटी ८१२१, युपी ५४ टी ६४२९, युपी ५० एटी ३१५८ र युपी ६२ सिटी ०६२७ नम्बरको भारतीय ट्रकसहित नियन्त्रणमा लिइएको सुपारीको नेपाली मूल्य साढे ८ करोड रूपैयाँ बराबर रहेको प्रहरीको भनाइ छ ।

तेस्रो मुलुकबाट आयात गरिएको सुपारी नेपालकै उत्पादन देखाएर केही वर्षयता भारततर्फ निर्यात हुँदै आएको छ । ठूलो परिणामाको सुपारी भारत जाँदै गरेको सूचना पाएपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले बताए । ‘सुपारी त लिगल बाटोबाटै जान खोजेको देखिन्छ,’ उनले भने, ‘तर एकै पटक ठूलो परिमाण भएका कारण अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो ।’

इन्डोनेसिया, थाइल्यान्ड, मलेसियालगायत मुलुकबाट नेपालमा सुपारी आयात हुन्छ । ‘सुपारीको आकार हेर्दा नेपालको उत्पादन जस्तो देखिँदैन,’ प्रहरी स्रोतले भन्यो, ‘कागजात मिलेका कारण छोड्न दबाब छ ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu