ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चक्रवती हबी एजुकेशन एकेडेमीमा अध्ययन शुल्क वृद्धी गरेको भन्दै विद्यार्थीबाट तालाबन्दी


एबीसी / संवाददाता
९ श्रावण २०७९, सोमबार   १२ : ५७   बजे

काठमाडौं, ९ साउन ।  काठमाडौंको बिजुलीबजारमा रहेको चक्रवती हबी एजुकेशन एकेडेमीमा  तालाबन्दी गरिएको छ । नेपालमा कोरोनाका कारण सम्पूर्ण व्यापार व्यवसाय डुबेको अवस्थामा कानून अध्ययन गर्न इच्छुकहरुको लागि भर्ना गर्न नै नसकिने गरी मुल्य तोकेको भन्दै एकेडेमिमा अध्ययनरत विद्यार्थीहरूले ताला बन्दी गरेका हुन।

मिति २०७९।०९।०५ गते चक्रवती हबी एजुकेशन एकेडेमीले कानून संकायका विद्यार्थिहरूका लागि अध्ययन शुल्क वृद्धी गरे पछि विद्यार्थिहरू आन्दोलित भएका हुन । एकेडेमीले शैक्षिक सत्र २०७९ बाट कार्यान्वयन हुने गरी BALLB को शुल्क ७१६४००।– बाट बृद्दि गरेर १०, ७०,०००।- र LLM को शुल्क ३, २३,०००।– बाट बृद्दि गरेर ५, ४८,०००।- निर्धारण गरेको छ । त्रिभुवन विश्व विद्यालयको कानून संकायको नेपाल ल क्याम्पसले LLM अध्ययनका १ लाख निर्धारण गरेको छ भने KSL ले ३ लाख बारबारको शुल्कमा अध्यापन गराइराखेको अवस्था छ । क्याम्पस प्रशासनको यो निर्णय प्रति विद्यार्थि संगठनहरूको ध्यानाकर्षण भई शुल्क नबढाउन दबाब दिँदै मिति २०७९।०४।०९ गते संयुक्त विज्ञप्ति जारी गरेका छन् ।

LLM इन्ट्रान्स पास गरेर बसेका विद्यार्थीहरू भने शैक्षिक शुल्क अन्यन्तै बढी निर्धारण गरेको प्रति असन्तुष्ट भएकोले अदालतमा रिट निवेदनको तयारी गर्दै छन् । उच्च शिक्षामा कानुन अध्ययन गर्न चाहनेहरूका लागि पहिलो कुरा त प्रवेश परीक्षाका नाममा अध्ययन गर्नका लागि पद्दति बनाएर सिमिति विद्यार्थीलाइ अवसर दिनु सिस्टेमेटिक डिस्क्रिमिनेशन भएको विद्यार्थीको आरोप छ ।

शुल्क वृद्धी गर्दाखेरी विद्यार्थीमा पर्न गएको असरको आँकलन नगरेको, शिक्षा मन्त्रालय तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यस्ता विषयमा ध्यान पुर्याउन नसकेकोले शैक्षिक व्यापारीहरूले मनलाग्दी गर्दा न्यायमा पहुँच नपुगेको तथ्य पुष्टि हुने कुरा विद्यार्थीहरू बताउँछन् । यो संस्था पूर्वाञ्चल विश्विद्यालयबाट अनुमति प्राप्त शैक्षिक संस्था हो । चक्रवती हबी एजुकेशन एकेडेमीले कानून अध्ययन गर्नेहरूका लागि ढाड सकेकिने गरी शैक्षिक शुल्क बढाएको विद्यार्थीहरुको गुनासो रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group