ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्मला हत्या प्रकरणमा पक्राउ परेर छुटेका दिलीपले युवतीलाई दुर्व्यवहार गरेको आरोप


एबीसी / संवाददाता
२३ श्रावण २०७९, सोमबार   १२ : ०८   बजे

धनगढी, २३ साउन । चार वर्षअघि कञ्चनपुरमा निर्मला पन्त घर नजिकैको उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला परेकी थिइन् । निर्मला हत्याको २५ दिनपछि प्रहरीले भीमदत्त नगरपालिका–२ कै दिलिपसिंह विष्टलाई समातेर अभियुक्तका रुपमा सार्वजनिक गरेको थियो ।त्यसको दुई दिनपछि २६ भदौमा जिल्ला अदालतले उनको संलग्नता पुष्टि गर्ने ठोस प्रमाण नभएको र डीएनए समेत म्याच नभएको भन्दै साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो । त्यसपछि उनी छुटेका थिए । चार वर्षअघि निर्मला हत्या प्रकरणमा पक्राउ परेर छुटेका कञ्चनपुरको भीमदत्त नगरपालिका–२ का तिनै दिलिप विष्टले युवतीहरुलाई दुर्व्यवहार गरेको आरोप लागेको छ ।

दिलिपले बाटोमा हिड्ने किशोरी तथा युवतीलाई जिस्काउन थालेको गुनासो गरिएको छ । निर्मला मृत भेटिएको क्षेत्रमा पर्ने भगतपुर ब्यारेक–उल्टाखाम सडकखण्ड भएर आवतजावत गर्ने किशोरी र युवतीलाई जिस्काउन थालेको गुनासो आएको कञ्चनपुर प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामसिंह चौधरीले बाटोमा हिड्ने क्रममा प्लस टुमा अध्ययनरत युवतीलाई जिस्काएको गुनासो आएको र सो विषयमा अनुसन्धान भइरहेको जानकारी दिए ।

‘हामी कहाँ दिलिप विष्टले जिस्कायो भनेर ती युवतीका अभिभावक आउनुभएको थियो,’ एसपी चौधरीले भने, ‘यो कुरालाई गम्भीर रुपमा लिएर अनुसन्धान गर्ने काम गरिरहेका छौं ।’युवती जिस्काएको भन्ने गुनासोका आधारमा आरोपीत दिलिप विष्टसँग सोधपुछ गर्ने काम भएर नभएको प्रहरीले खुलाएको छैन, तर यही विषयलाई लिएर विष्टलाई नियन्त्रण लिने काम नगरिएको एसपी चौधरी बताउँछन् ।

निर्मला प्रकरणमा के गर्दैछ प्रहरी ?

घटना भएको चार वर्ष बित्दा समेत दोषीको पहिचान हुन नसकेको निर्मला हत्या प्रकरणको अनुसन्धान निरन्तर भइरहेको कञ्चनपुर प्रहरी बताउँछ । घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली समेत विगत चार वर्षदेखि कञ्चनपुरमै छ ।

कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी)  श्याम चौधरी घटनाको अनुसन्धान जारी रहेको बताउँछन् । यद्यपी अहिलेसम्म ठोस उपलब्धी हाँसिल गर्न सकिएको अवस्था भने छैन । प्रहरीले शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने काम निरन्तर भइरहेको जनाएको छ ।

अहिलेसम्म शंकास्पद १०४ जनाको डीएनए परीक्षण गरेको प्रहरीले पछिल्लो ६ महिनामा मात्र थप तीन जनाको डीएनए परीक्षणका लागि पठाएको छ, तर हालसम्म रिर्पोट प्राप्त भएको छैन । कतिपय व्यक्तिलाई बोलाएको बेला हाजिर हुने शर्तमा छाड्ने गरेको कञ्चनपुर प्रहरी बताउँछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group