ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आगामी निर्वाचनमा एमालेले बहुमत ल्याएर देखाउँछ : अध्यक्ष ओली


एबीसी / संवाददाता
२३ श्रावण २०७९, सोमबार   ८ : २४   बजे

रौतहट, २३ साउन । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनको सरकार विकास विरोधी भएको आरोप लगाएका छन् । नेकपा एमाले रौतहटले सदरमुकाम गौरमा सोमबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले गठबन्धन सरकारको आलोचना गरेका हुन् । ‘यो सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ ।

देशलाई निकास दिने भनेको एमाले नै हो,’ उनले भने,‘आगामी निर्वाचनमा एमालेले बहुमत ल्याएर देखाउँछ ।’अध्यक्ष ओलीले आफू प्रधानमन्त्री भएको बेला रौतहटको विकासका लागि छनौट गरिएका धेरै योजनाहरु गठबन्धनको सरकारले हटाएको आरोप लगाए । ‘माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा रौतहटको विकासका लागि सिन्कासमेत भाँचेनन्,’ उनले भने,‘अहिले आएर ठूला कुरा गर्न थालेका छन् ।’ अरु पार्टीले २०–२५ वर्षमा गर्न नसकेको काम एमालेले ३ वर्षमा गरेर देखाएका दाबी गरे । ‘यही जिल्लाका नेपालले २१ महिना प्रधानमन्त्री हुँदा जिल्लाको विकासका नाममा सिन्को पनि भाँचेनन्,’ उनले थपे ।अध्यक्ष ओलीले तराई मधेसमा हुने डुबान समस्या समाधानका लागि आफूले भारतसँग कुरा गरेको तर अहिलेको सरकारले केही गर्न नसकेको सुनाए ।

उनले सभामा आफू मधेसविरोधी नभएको भन्दै मधेशका जनतालाई फकाएका थिए ।‘म प्रधानमन्त्री हुँदा मेचीदेखि महाकालीसम्मकै जिल्लामा विकासका काम भयो,’ उनले भने, ‘हुलाकी राजमार्ग भन्नुहोस् कि रेलमार्ग भन्नुहोस्, धेरै योजनामा पैसा पठाए, धेरै काम भए ।’ उनले तराई मधेसको विकास र देशलाई समृद्ध बनाउन एमालेले अबको चुनाव जित्नु पर्ने बताए ।खराब मौसमका कारण अध्यक्ष ओली चढेको हेलिकप्टर सिमरामा अवतरण भएको थियो । त्यहाँ केहीबेर कुरेर ओली रौतहट आएका थिए । कडा सुरक्षाबीच ओलीले सभालाई सम्बोधन गरेका थिए ।लोसपाबाट अघिल्लो स्थानीय तह निर्वाचनमा गौर नगरपालिकाबाट नगरप्रमुखमा चुनाव जितेका अजय गुप्तालाई अध्यक्ष ओलीले टीका लगाएर एमाले प्रवेश गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संघीय संसद मातहतका ३ संसदीय समितिको बैठक आज बस्दै

सम्बन्धित

सुनसरीको देवानगन्ज र हरिनगरमा निषेधाज्ञा : २४ वर्षीय युवकको मृत्यु भएपछि सुरक्षा व्यवस्था कडा

देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

सुनसरीको कप्तानगञ्जमा मध्यरातमा झडप, प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु, दर्जन बढी घाइते

साउनको दोस्रो सोमबारः पशुपतिनाथमा बिहानैदेखि भक्तजनको भीड

नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

विश्वकप लिग–२ मा नेपालले आज नामिबियासँग खेल्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu