ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एजेण्डा मिल्ने गठबन्धन बाहिरका दलसँग सहकार्य गर्न सकिन्छ : प्रदीप ज्ञवाली


एबीसी / संवाददाता
२४ श्रावण २०७९, मंगलबार   ४ : २१   बजे

काठमाडौँ — नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आगामी संघ र प्रदेशको निर्वाचनमा नेकपा एमालेले गठबन्धन गर्ने कुरालाई प्राथमिकतामा नराखेको बताएका छन् । तर एजेण्डा मिल्ने सत्ता गठबन्धन बाहिरका दलहरूसँग सहकार्य गरेर अगाडि बढ्न सकिने उनको भनाइ थियो ।

मंगलबार संसदबाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । सांसद ज्ञवालीले गठबन्धन बाहिरका एजेण्डा मिल्ने दलहरूसँग भने छलफल गरेर केही ठाउँमा सहकार्य हुनसक्ने बताए ।

उनले गठबन्धन बिना अघि बढ्न सकिँदैन भन्ने भ्रम नेकपा एमालेमा नरहेको उल्लेख गर्दै आफ्नै खुट्टामा उभिएर चुनाव लड्ने बताए । साथै कमजोरले अरुको साथ खोज्ने तर बलियोले एक्लै लड्ने सामर्थ्य राख्ने उनको भनाइ थियो ।

नेता ज्ञवालीले भनेका छन्, ‘सत्ता गठबन्धनसँग सामना गर्ने भनेको हाम्रो मुख्य शक्ति जनताको जनमत हो । त्यसैले हाम्रो ध्यान जनमतलाई कसरी अभिवृद्धि गर्ने र पार्टीलाई बहुमतमा पुग्ने गरी जनताको बीचमा बलियो गरेर स्थापित गर्ने भन्ने कुरा हो । गठबन्धन हाम्रो प्राथमिकतामा होइन ।

गठबन्धन बाहिरका दलहरूसँग छलफल हुनसक्छ । तर गठबन्धन नै निर्माण गर्ने गरेर हाम्रो छलफल अघि बढेको छैन र गठबन्धन बिना अघि बढ्न सकिँदैन भन्ने भ्रम पनि छैन । हामी आफ्नो खुट्टामा उभिएर लड्छौँ । तर हिँड्दै जाँदा एजेण्डाहरू मिल्ने साथीहरू भेटिनुभयो भने कतिपय ठाउँमा सहकार्य हुनसक्छ । कमजोरले साथ खोज्ने हो । बलियोले एक्लै सामना गर्छ ।’ सांसद ज्ञवालीले नेपाली कांग्रेससँग १६५ सिटमा एक ठाउँमा पनि प्रतिपक्षसँग एक्लै लड्ने आँट नरहेको बताएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सम्बन्धित

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group