ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

परराष्ट्रमन्त्री खड्का नेतृत्वको नेपाली टोली चीनमा, आज दुईपक्षीय छलफल हुने


एबीसी / संवाददाता
२५ श्रावण २०७९, बुधबार   ७ : ४८   बजे

काठमाडौं, २५ साउन ।   चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री नारायण खड्काको नेपाली टोली र चिनियाँ प्रतिनिधिबीच आज छलफल हुने भएको छ । यसअघि सम्झौता भएका भौतिक परियोजनालाई अघि बढाउने विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

काठमाण्डौ चक्रपथको दोस्रो खण्ड विस्तार, टोखा–छहरे सुरुङमार्ग र काठमाण्डौ–केरुङ रेलमार्गको विषयमा चीनसँग छलफल गर्ने तयारी छ ।

यसअघि सहमति भएको सीमा व्यवस्थापन, आपसी कानुनी सहायता सन्धि, सगरमाथा संरक्षणसम्बन्धी सहकार्य, प्रकोप व्यवस्थापन र आपत्कालीन उद्धारमा सहकार्यलगायतका विषयमा पनि चीनसँग छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । यस्तै व्यापारसम्बन्धी संयुक्त कार्य समूह, सीमा सुरक्षामा उपकरणसम्बन्धी सहकार्यका विषयमा पनि छलफल हुनेछ ।

चिनियाँ स्टेट काउन्सिलर वाङ यीको निमन्त्रणामा परराष्ट्रमन्त्री खड्का ११ सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै हिजो चीनको साङदोङ प्रान्तको छङ्दाओ सहर जानुभएको हो ।

टोलीमा परराष्ट्रसचिव भरतराज पौड्यालसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, गृह र अर्थ मन्त्रालयका सहसचिवलगायत सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संघीय संसद मातहतका ३ संसदीय समितिको बैठक आज बस्दै

सम्बन्धित

सुनसरीको देवानगन्ज र हरिनगरमा निषेधाज्ञा : २४ वर्षीय युवकको मृत्यु भएपछि सुरक्षा व्यवस्था कडा

देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

सुनसरीको कप्तानगञ्जमा मध्यरातमा झडप, प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु, दर्जन बढी घाइते

साउनको दोस्रो सोमबारः पशुपतिनाथमा बिहानैदेखि भक्तजनको भीड

नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

विश्वकप लिग–२ मा नेपालले आज नामिबियासँग खेल्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu