ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेशसभा निर्वाचन ‘बहिष्कार’ गर्दै रवि लामिछाने


एबीसी / संवाददाता
१ भदौ २०७९, बुधबार   ११ : १४   बजे

भदौं १, काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले मंसिर ४ मा हुने प्रदेशसभा सदस्य निर्वाचन ‘बहिस्कारको नीति लिएको छ । हालै बसेको सो पार्टीको केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्दै सभापति रवि लामिछानेले प्रदेशसभा निर्वाचनमा भाग नलिने घोषणा गरेका हुन् ।

‘केन्द्रीय समितिको महत्वपूर्ण निर्णयअनुसार हाम्रो पार्टी प्रदेश तहको निर्वाचनमा सहभागी नहुने भएको छ’, लामिछानेले बुधबार भने, ‘निर्वाचनमा हाम्रो उम्मेदवारी संघीय तहको प्रत्यक्ष र समानुपातिक निर्वाचनमा रहनेछ ।’ जनताको सुझावअनुसार आफूहरु अहिलेकै संरचनामा प्रदेशसभा निर्वाचनमा भाग नलिने निर्णयमा पुगेको लामिछानेको भनाइ छ। ‘यतिबेला हामीले देशका सातै प्रदेशमा पुगेर भेला सम्पन्न गरेको अवस्थामा छौँ । पार्टी घोषणापछि देश दौडाहा गरेर वडासम्म आफूलाई विस्तार गर्न सफल भयौँ । यो क्रममा हामीलाई हजारौँबाट सुझाव प्राप्त भएको छ । अधिकांश सुझावमा प्रदेश संरचनाप्रतिको असन्तुष्टि व्यापक रुपमा देखिएको छ ।’

संघीयताको तीन तहमध्ये बीचको संरचनालाई लिएर पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका नागरिकतामा चरम निराशा देखिएको लामिछानेको दाबी छ । ‘हाम्रा भेलामा सहभागी अधिकांशले प्रदेश संरचनाको आलोचना गरेका छन् । एउटा राजनीतिक दलले नागरिकको आवाज नसुन्ने भन्ने हुँदैन । हामीले नागरिकको आवाज सुन्ने मात्रै होइन त्यो समस्याको समाधानको उपाय समेतको खोजी गर्ने निर्णय गरेका छौँ’, लामिछानेले भने, ‘संघीयताभित्रको स्थानीय निकायलाई अझै अधिकारसम्पन्न बनाउनुपर्छ र बनाउन सकिने कुराहरु आएका छन् । प्रदेश तहको अहिलेको संरचना केबल राज्यकोषको दोहोन गरेर नेता व्यवस्थापन गर्ने थलो बनाइएको छ ।’

प्रदेश सरकार र संरचनाको यही स्वरुप कायम हुनु भनेको यो तह राष्ट्रिय ढुकुटी खर्च गर्ने थलोबाहेक केही नहुने लामिछानेको भनाइ छ । तर आफ्नो पार्टी प्रदेश संरचना खारेजीकै पक्षमा भने नरहेको उनको जिकिर छ।

‘कैयौँ मानिसले यसको खारेजीको माग गरेका छन् । हाम्रो पार्टी खारेजी होइन सुधार चाहन्छ । खर्चिलो बनाएर राज्यको ढुकुटी सक्नुभन्दा यसलाई सुधारेर जान आवश्यक छ’, उनको भनाइ छ, ‘यथास्थितिमा प्रदेश सरकारमा हुनुभन्दा नहुनुले राज्यको सम्पत्ति जोखिन्छ भन्ने हाम्रो ठहर छ। यही संरचनामा हामी प्रदेश निर्वाचनमा सहभागी हुनु भनेको राज्यकोषको दोहनमा सहभागी हुनुबाहेक अरु केही हुँदैन ।’ उनले अगाडि भने, ‘हामी व्यवस्थाविरुद्ध छैनौँ । सुधारको चाहना राख्नु व्यवस्था विरुद्धमा होइन । प्रदेश संरचनालाई कम खर्चिलो बनाउन भूमिका खेल्न चाहन्छौँ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीदेखि नारायणीसम्म खोजी तीव्र, चार जलविद्युत् आयोजनाका सुरुङमा पनि उद्धार टोली

फेसबुकमा शव व्यवस्थापनबारे लेखेका कोसीका सहसचिव निरौला खटाइए

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

El-Sayed Apologizes Over Synagogue Attack Comments

Moulton Challenges Markey’s Age in Massachusetts Senate Race

Tom Cruise Announces ‘Days of Thunder’ Sequel for 2028 Release

Roger Federer Brought to Tears During His Induction into International Tennis Hall of Fame

Syria Reopens Embassy in Libya After Years-Long Closure

Icelandic Voters Reject EU Negotiations Restart Proposal

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu