ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा बाह्रै महिना पर्यटकीय गतिविधि सञ्चालन गर्नुपर्छ :मन्त्री जीवनराम श्रेष्ठ


एबीसी / संवाददाता
११ भदौ २०७९, शनिबार   ६ : ०२   बजे

काठमाडौं, ११ भदौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपालमा बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउन बाह्रै महिना पर्यटकीय गतिविधि सञ्चालन गर्नुपर्ने बताउनुभएको छ ।

मन्त्रालयले आज आयोजना गरेको सङ्घ, प्रदेश र स्थानीय तहको पर्यटनसँग सम्बन्धित विषयगत समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले पर्यटन क्षेत्रमार्फत देशको अर्थतन्त्रलाई मजबुद बनाउन बाह्रै महिना पर्यटकीय गतिविधि सञ्चालन गरिनुपर्ने बताउनुभएको हो । “नेपालमा बाह्रै महिनामा पर्यटकीय गतिविधि सञ्चालन गर्नसक्ने जलवायु तथा मौसमी विविधता रहेको छ, पर्यटक आकर्षण गर्न धार्मिक, सांस्कृतिक तथा प्राकृतिकस्थलको अन्तर्राष्ट्रिय क्षेत्रमा बजारीकरण गर्न आवश्यक छ”, उहाँले भन्नुभयो ।

मन्त्री श्रेष्ठले देशका सातै प्रदेशका पर्यटकीय दृष्टिकोणले आकर्षण र महत्वपूर्ण रहेका स्थानको ‘ब्राण्डिङ’ गरी पर्यटकीय गन्तव्यको विविधीकरण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालमा खेलकुद पर्यटन, स्वास्थ्य पर्यटन, शिक्षा तथा संस्कृति पर्यटनलाई पनि विशेष प्राथमिकता दिएर पर्यटन प्रवद्र्धन गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । पर्यटन क्षेत्रको विकासका लागि ‘रि ब्राण्डिङ’ गरेर अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो ।

उहाँले पर्यटन क्षेत्रले लिएको लक्ष्य हासिल गर्न तीनै तहका सरकारबीच समन्वय गरी पर्यटन पुनरुत्थानको कार्यलाई अगाडि बढाउनुपर्ने बताउनुभयो । “पर्यटन देश विकासको महत्वपूर्ण आधार क्षेत्र हो, अर्थतन्त्र र रोजगारी सिर्जना गर्नुका साथै वैदेशिक मुद्रा आर्जन गर्ने यो क्षेत्रलाई प्राथमिकता दिनसके देश समृद्धिको यात्रामा अगाडि बढ्छ”, उहाँले भन्नुभयो ।

उहाँले मन्त्रालयको आयोजना भएको यस्तो बैठकले संविधानको भावनाअनुरुप सङ्घीयताको प्रभावकारी कार्यान्वयनमा समेत टेवा पुग्ने बताउनुभयो । देशको पर्यटन क्षेत्रको विकासका लागि सबै एकताबद्ध भएर जानुपर्ने उहाँको भनाइ थियो ।

पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारीले सङ्घीयताको मर्म र सङ्घीय ढाचाअनुरुप नीतिगत सुधारका साथै योजनाबद्ध कार्यक्रम अगाडि बढाएर कार्यान्वयतर्फ मन्त्रालय अगाडि बढेको बताउनुभयो ।

उहाँले कोरोनाका कारण थला परेको पर्यटन उद्योगलाई पुनरुत्थान गर्नका लागि तीनै तहका सरकार मिलेर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । बैठकमा प्रदेश नं १ का पर्यटनमन्त्री खिनु लङ्वा लिम्बू, मधेस प्रदेशका पर्यटनमन्त्री शत्रुधन महतो, सुदूरपश्चिम प्रदेशका पर्यटनमन्त्री मानबहादुर धामीले तीनै तहका सरकारबीच समन्वय र सहकार्य गरी पर्यटन क्षेत्रको विकास गरिनुपर्नेमा जोड दिनुभयो ।

उहाँहरुले प्रदेशस्तरीय हवाई उडानलाई समेत अगाडि बढाउनसके प्रदेश क्षेत्रको पर्यटनले गति लिने बताउनुभयो । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न माग गर्नुभयो । उहाँले पर्यटन क्षेत्रमा लिइरहेको शुल्कमा एकद्वार प्रणाली लागू गरे पर्यटकलाई सहजता हुने बताउनुभयो ।

कार्यक्रममा मन्त्रालयका सहसचिव तारानाथ अधिकारी र नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले पर्यटकीय गतिविधिबारे प्रस्तुतीकरण गर्नुभएको थियो । पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेल र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले सेवा प्रवाहबारे जानकारी दिनुभएको थियो ।

कार्यक्रममा प्रदेश पर्यटन मन्त्रालयका सचिव, मन्त्रालयका विभिन्न महाशाखाका प्रमुखलगायतले नेपालको पर्यटकीय सम्भावना र सरकारले गर्नुपर्ने कामबारे आआफ्नो राय पेश गर्नुभएको थियो ।

नेपालमा सन् २०१९ मा ११ लाख ९७ हजार एक सय ९१ पर्यटक भित्रिए पनि पछिल्लो दुई वर्ष कोरोनाका कारण पर्यटक आवागमनमा कमी आएको थियो । सन् २०२२ को सुरुआतदेखि जुलाइ महिनासम्म कूल पर्यटक आवागमन दुई लाख ८५ हजार तीन सय ६३ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीदेखि नारायणीसम्म खोजी तीव्र, चार जलविद्युत् आयोजनाका सुरुङमा पनि उद्धार टोली

फेसबुकमा शव व्यवस्थापनबारे लेखेका कोसीका सहसचिव निरौला खटाइए

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

El-Sayed Apologizes Over Synagogue Attack Comments

Moulton Challenges Markey’s Age in Massachusetts Senate Race

Tom Cruise Announces ‘Days of Thunder’ Sequel for 2028 Release

Roger Federer Brought to Tears During His Induction into International Tennis Hall of Fame

Syria Reopens Embassy in Libya After Years-Long Closure

Icelandic Voters Reject EU Negotiations Restart Proposal

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu